होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • चितवनमा ६ हात्तीको मृत्यु पश्चात यसरी थालियो उपचार शिविर

चितवनमा ६ हात्तीको मृत्यु पश्चात यसरी थालियो उपचार शिविर

ध्रुवराज खनाल

चितवन, फागुन १७–

चितवनमा हात्ती मर्न थालेपछि हात्तीको उपचार शिविर सुरु गरिएको छ । प्राकृतिक कारण चालु आर्थिक वर्षको हालसम्म चितवन राष्ट्रिय निकुञ्जका छ वटा हात्ती मरिसकेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले संयुक्त रुपमा उपचार शिविर सुरु गरेको हो । शिविरमा सरकारी र निजिस्तरका हात्तीहरुको उपचार गरिने छ ।

हात्ती प्रजनन् केन्द्र खोरसोरमा सोमबार औपचारिक कार्यक्रम गरि उपचार शिविरको उद्घाटन गरियो । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा.विजयकुमार श्रेष्ठले शिविरको उद्घाटन गरेका थिए । शिविरको उद्घाटनसँगै प्रजनन् केन्द्रमा रहेका ११ वटा माउ र ९ वटा छावाको उपचार सुरू गरिएको पशु चिकित्सक अमिर सडौलाले जानकारी दिए । हात्तीलाई जुकाको औषधि, खुट्टाको नङ काट्ने, रगत परीक्षण गरिने उनले जानकारी दिए । निकुञ्जका पोष्ट–पोष्टमा पुगेर हात्तीको स्वास्थ्य परीक्षण गरिने छ ।

अर्को महिना गैंडा गणना गर्ने कार्यक्रम भएकाले त्यसअघि हात्तीको स्वास्थ्य जाँच सुरू गरिएको हो । निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका चिकित्सकहरु परीक्षणमा सहभागी छन् । हाल निकुञ्जमा ५६ वटा हात्ती रहेका छन् । ६ वटा कोशी वन्यजन्तु आरक्षमा दरबन्दी भएर पनि यही काम गरिरहेका छन् । निकुञ्जको खोरसोरमा हात्ती प्रजनन केन्द्र रहेको छ । त्यहाँ जन्मिएका छावालाई हुर्काएर तालीम पछि काममा पठाउने गरिन्छ ।

निकुञ्ज सुरक्षामा हात्ती प्रयोग हुने गरेको छ । चितवनमा ५६ वटा सरकारी र करिब ६० वटा निजी हात्तीहरु रहेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा.बाबुराम लामिछानेले आसन्न गैंडा गणनामा प्रयोग गरिने हात्तीको स्वास्थ्य मजबुत बनाउन शिविर आयोजना गरिएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका