



चितवन,फागुन १७-
चितवनमा लागु औषध सहित दुईजना पक्राउ परेका छन । भरतपुर महानगरपालिका ११ प्रगति पथ र १ को पुल्चोक–पोखराबसपार्क सडकबाट उनिहरुलाई आइतबार पक्राउ गरिएको हो ।
प्रगतिपथबाट पक्राउ भएका भरतपुर महानगरपालिका १२ बस्ने ३७ बर्षिय राजकुमार थापाको साथबाट डाइजेपाम ११ थान, नुरफिन ११ थान र फेनारगन ११ थान बरामद गरिएको छ । उनलाई प्रहरीको नियमित गस्ति टोलीले पक्राउ गरेको हो ।
यस्तै भरतपुर महानगरपालिका १ स्थित पुल्चोकबाट पोखराबसपार्क जाने सडकपेटिमा हिडिरहेको अवस्थामा भरतपुर महानगरपालिका १३ चितामाई बस्ने २२ बर्षिय सुनिल विक लागुऔषध सहित पक्राउ परेका छन । उनको साथबाट फेनारगन ८४ एम्पुल, डाइजेपाम ८४ एम्पुल र नुरफिन ८४ एम्पुल बरामद गरिएको छ ।
उनिहरु दुबै जनालाई चितवन जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्यबहादुर थापाले जानकारी दिनुभयो ।