जोडिनुहोस
  • होमपेज
  • गौतमबुद्ध रंगशालामा मेरो कुर्सी अवधारणा, प्रत्येक कुर्सीमा अब व्यक्ति वा संस्थाले नाम लेखाउन सक्ने

गौतमबुद्ध रंगशालामा मेरो कुर्सी अवधारणा, प्रत्येक कुर्सीमा अब व्यक्ति वा संस्थाले नाम लेखाउन सक्ने

चितवन, फागुन १७–

चितवनको भरतपुरमा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नयाँ अवधारणा सार्वजनिक गरिएको छ ।

रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेशनले रंगशाला निर्माणमा सहयोग पुग्ने उद्देश्यले ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ अवधारणा ल्याएको छ । आज (सोमबार) काठमाडौंमा पत्रकार सम्मेलन गरी फाउण्डेशनले नयाँ प्रकारको अवधारणा सार्वजनिक गरेको हो ।

यस अवधारणा अन्तरगत प्रत्येक व्यक्ति, संस्था र समूहले आ–आफ्नो नाम वा परिवारको साथै अन्य नाममा कुर्सी सुरक्षित गर्न सक्ने छन् । एउटा कुर्सी सुरक्षित गर्न १ लाख रुपैयाँ तिनुपर्ने हुन्छ । फाउण्डेशनले एक महिना भित्रमै मोबाइल एप्स, फेसबुक र अन्य संचार माध्यमहरु मार्फत कुर्सी सुरक्षित गर्ने प्रक्रिया सार्वजनिक गरिने बताए ।

यस अभियानबाट रंगशाला निर्माणको लागि ३ अर्ब संकलन हुने फाउण्डेशनले अपेक्षा गरको छ । जनस्तरबाट निर्माण भइरहेको पहिलो यस रंगशालामा अहिले आर्थिक समस्या देखिएको छ ।

रंगशाला निर्माणका लागि निजी क्षेत्र र सरकारी क्षेत्रबाट हालसम्म ३२ करोड ३० लाख २४ हजार ३ सय ४५ रुपैयाँ मात्र संकलन भएको फाउण्डेशनले जनाएको छ । तर रंगशाला निर्माणमा भने ४३ करोड ४६ लाख ६ हजार ३ सय खर्च भई सकेको फाउन्डेसनले जनाएको छ । ११ करोड १७ लाख ८२ हजार अझै ऋणमा छ ।

रंगशाला निर्माणको लागि कुल लगात ३ अर्व ५५ करोड अनुमान गरिएको छ । रंगशालामा ३० हजार समर्थक अट्ने क्षमता हुनछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका