जोडिनुहोस
  • होमपेज
  • चितवनमा सुन्तला उत्पादन घट्यो, असिनापानी र रोगको असर

चितवनमा सुन्तला उत्पादन घट्यो, असिनापानी र रोगको असर

हिरालाल अचार्य ‘डायमण्ड’

चितवन, फागुन १६-

चितवनमा यस वर्ष प्रति हेक्टर ९ दशमलब १३ टन सुन्तला उत्पादन भएको छ । यो गत वर्षको भन्दा कम हो । गत वर्ष प्रतिहेक्टर ९ दशमलब ५८ टन सुन्तला उत्पादन भएको थियो ।

कृषि ज्ञान केन्द्र चितवनकी सूचना अधिकारी सुरुची त्रिपाठीले सुन्तलामा रोग लागेका कारण यसवर्ष उत्पादनमा केही कमी देखिएको बताइन् । चितवनमा १९९ हेक्टर क्षेत्रफलमा सुन्तला खेती रहेको छ । यस वर्ष उत्पादन भएको क्षेत्रफल भने ११० हेक्टर रहेको त्रिपाठीले जनाइन् । ११० हेक्टर क्षेत्रफलमा यस वर्ष प्रतिहेक्टर ९.१३ टन अर्थात एक हजार चार दशमलव तीन टन सुन्तला उत्पादन भएको छ ।

गतवर्ष पनि ११० क्षेत्रफलमै सुन्तला उत्पादन भएको थियो । सो क्षेत्रफलमा गत वर्ष प्रतिहेक्टर ९.५८ टन अर्थात एक हजार ५४ दशमलव नौं टन सुन्तला उत्पादन भएको थियो । यस वर्ष कविलासमा गरिएको सुन्तला खेतीलाई असिना पानीले नोक्सान पु¥याउनुका साथै विभिन्न रोग लागेका कारण उत्पादनमा कमी आएको त्रिपाठीले बताइन् ।

त्रिपाठीका अनुसार यस वर्ष किसानहरुले सुन्तालाको बजार मूल्य राम्रो पाएका छन् । किसानले सुन्तलालाई तीन प्रकारमा बाँडेर बेच्ने गर्छन् । ठूलो साइजलाई जेठी, मध्यम साइजलाई माइली र सानो साइजलाई कान्छी भनेर छुट्याइएको छ । जेठी सुन्तलालाई किसानहरुले ८५ रुपैयाँ प्रति केजी बेचेको त्रिपाठीले बताइन् । कान्छी सुन्तलाई भने १०÷१५ रुपैयाँ केजीमा बेच्ने गर्छन् । माइलीको दर केही घटबढ भइरहन्छ ।

चितवनको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिका र भरतपुरमहानगरपालिका २९ मा सुन्तला खेती गरिन्छ । इच्छाकामना ३ र ५ मा अत्यधिक सुन्तला उत्पादन गर्ने गरिन्छ । इच्छाकामनाका तामिन, दारेचोक, दाहाखानी, काउले, चण्डिभन्ज्याङ र भरतपुर–२९ कविलासमा धेरै सुन्तला खेती गरिएको छ । तामिनको सुन्तला भनेपछि ग्राहक आकर्षित हुने गर्छन् । तामिनको सुन्तला ठूला दाना, ठूला केस्रा भएको र प्रत्येक सुन्तलामा दुई वटा पात हुन्छन् ।

इच्छाकामनामा अधिकांश किसानहरुले सहकारीमा आवद्ध भएर सुन्तला खेती गर्छन् । यस्तै कृषि ज्ञान केन्द्र चितवनले इच्छाकामनाका विभिन्न स्थानमा सुन्तला पकेट क्षेत्र घोषणा गरेको छ । अनुदान पनि दिने गरेको छ । यसले गर्दा पनि यस क्षेत्रका किसान सुन्तला खेतीतर्फ आकर्षित छन् । सुन्तला खेती गरेर यस क्षेत्रका किसानको जीवन उकासिएको पाइन्छ । तर, पछिल्ला वर्षहरुमा भने सुन्तला खेतीको विस्तार भने हुन सकेको छैन । अब विस्तारको काम गर्ने योजना रहेको ज्ञान केन्द्रकी सूचना अधिकारी त्रिपाठी बताउँछिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका