होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • जिल्ला सहकारी संघ चितवनको वक्तृत्वकला प्रतियोगितामा वीरेन्द्र आदर्श मावि प्रथम

जिल्ला सहकारी संघ चितवनको वक्तृत्वकला प्रतियोगितामा वीरेन्द्र आदर्श मावि प्रथम

चितवन,फागुन १५-

जिल्लास्तरीय अन्तर विद्यालय वक्तृकला प्रतियोगितामा वीरेन्द्र आदर्श मावि राप्ती ७ पहिलो भएको छ । जिल्ला सहकारी संघ चितवनको आयोजनामा शनिबार भएको सहकारीको आवश्यकता र महत्व विषयक वक्तृत्वकलामा वीरेन्द्र आदर्श माविमा कक्षा १२ मा अध्ययनरत अन्जना सिलवाल पहिलो हुनुभएको हो ।

यस्तै प्रतियोगितामा भरतपुर–७ को प्रेमबस्ती मावि कक्षा ९ मा अध्ययनरत छात्रा सुमना सुवेदी दोस्रो र भरतपुर ८ को शरदपुर मावि कक्षा १० मा अध्ययनरत छात्रा दीपा ढकाल तेस्रो हुनुभएको छ । प्रतियोगितामा रत्ननगर नगरपालिका १४ को जनदय मावि तल्लो पिठुवाकी छात्रा यमकुमारी भुजेल, राप्ती नगरपालिका ९ को माध्यामिक विद्यालय ब्रम्हनगरमा कक्षा ९ मा अध्ययनरत छात्रा कृतिका भण्डारी र जनकल्याण मावि माडी कक्षा १० मा अध्ययनरत छात्र विजय चपाईले सान्त्वना स्थान हासिल गर्न सफल हुनुभएको छ ।

जिल्लाका सामुदायिक विद्यालयका छात्रछात्राको क्षमता अभिवृद्धिका लागि प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक वेदप्रसाद भट्टराईले बताउनुभयो । उहाँले यस्ता प्रतियोगिताले सहकारी क्षेत्रमा जागरण ल्याउने धारणा राख्नुभयो । जिल्ला सहकारी संघका अध्यक्ष हरि पौडेल प्रमुख अतिथि रहनुभएको कार्यक्रममा शिक्षा तालिम तथा भ्रमण उपसमिति संयोजक देवेन्द्र गुरुङले अध्यक्षता गर्नुभएको थियो । प्रतियोगितामा जिल्लाका २३ विद्यालयको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका