होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • नेपाल बाल संगठन चितवनमा पौडेलको नेतृत्व

नेपाल बाल संगठन चितवनमा पौडेलको नेतृत्व

चितवन, फागुन १५-

नेपाल बाल संगठन चितवनको जिल्ला भेला तथा सातौं अधिवेशनले रविकिरण पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनले सर्वसम्मत रुपमा समिति चयन गरेको हो ।

समितिको सदस्यमा हेमा पौडेल, मुकुन्दप्रसाद विडारी, हरिकृष्ण शर्मा चापागाईं, रामबाबु श्रेष्ठ, गुरुचन्द्र घिमिरे, प्रतिमा सिलवाल र अमृता भट्टराई रहेका छन् । ११ सदस्यीय समितिमा बाँकी दुई जना कार्यसमिति र एक जना केन्द्रीय समितिले मनोनयन गर्ने सभापति पौडेलले जानकारी दिए ।

निर्वाचित समितिका पदाधिकारीलाई नेपाल बाल संगठन केन्द्रीय समितिका अध्यक्ष विद्या न्यौपानेले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । चार वर्षीय कार्यकालको लागि निर्वाचित समितिका सभापति रविकिरण पौडेलले चितवनको बाल संगठनले बालबालिकाको क्षेत्रमा परिवर्तन ल्याउने गरी प्रतिबद्धता जनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका