




चितवन, फागुन १५ –
भरतपुरमा आयोजित रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । लायन्स क्लब अफ भरतपुर युथ र लियो क्लव अफ भरतपुर युथको आयोजनामा बृहत खुल्ला रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका हुन् ।
चौबिसकोठीमा आयोजित कार्यक्रममा ३५ जनाले रक्तदान गरेको लायन्स क्लब अफ भरतपुर युथका अध्यक्ष लायन सुरज कुमार शर्माले जानकारी दिए । लियो क्लब अफ भरतपुर युथका अध्यक्ष लियो दिपेश ज्ञवालीले रगत अभावलाई परिपुर्ति गर्न समय समयमा रक्तदान कर्यकम्र गर्ने गरिएको बताएका छन् ।
रक्तदान कार्यक्रममा प्रशंसा छापाखाना भरतपुर १२ बाइपास रोड र अंकुरम पोलिक्लिनिक रत्ननगर १० बरैया सहयोगी संस्थाका रूपमा रहेका थिए । रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओम प्रसाद अधिकारी, एम जे एफ लायन राजकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । सामाजिक कार्यमा अगाडि रहेको लायन्स क्लब अफ भरतपुर युथ र लियो क्लब अफ भरतपुर युथले प्रायजसो हप्तै पिच्छे विभिन्न कार्यक्रम गर्दै आएको छ ।