



चितवन फागुन १४ –
चितवनको नारायणी कला मन्दिरमा विद्यार्थी मनोविज्ञानमा आधारित नाटक ‘नयाँ कदम’को प्रिमियर सो भएको छ । आज कर्मी नाट्य समुह र नारायणी कला मन्दिरको सहकार्यमा १२ औँ राष्ट्रिय बाल नाटक महोत्सवको प्रतियोगिताको लागि तयार पारिएको सो नाटकको प्रिमियर सो गरिएको हो ।
ईश्वर कंडेलको लेखन/निर्देशनमा मञ्चित नाटकमा १० जना नाट्यकर्मीको भूमिका रहेको छ । नाटक ‘नयाँ कदम’मा विद्यार्थी, शिक्षक, अभिभावक र छोराछोरीको बीचको खाडलले विद्यार्थीको मनस्थितीमा पार्ने प्रभाव र असरलाई नाटकमा देखाउन खोजिएको निर्देशक एवंम लेखक ईश्वर कंडेलले बताए ।
नाटकमा असल छुवाई र गलत छुवाईबारे जानकारी लगायत विद्यार्थी शिक्षक र अभिभावकको बीचमा हुने खाडलले विद्यार्थीको मनोविज्ञान र सिकाईमा पार्ने प्रभावलाई जोड दिएको उनले बताए ।
चितवनमा पछिल्लो समय सेलाएको नाटक विधालाई ब्युताउनका लागि पनि यो नाटक प्रिमियर गरिएको उनले बताए । नाटकमा मुकुन्द खलपात्र, भिम राई, विवेक तिवारी, आश्मा राई, गोविन्द आचार्य, सुनिल ढुंगना, अनुप भण्डारी, विष्णु विश्वकर्मा, विनुमा पौडेल क्षेत्री, र कुशल घिमिरेले अभिनय गरेका थिए । यो नाटक वैशाखमा थप परिष्कृत सहित मन्चन हुनेछ ।