



चितवन, फागुन १४–
गृहमन्त्रालयले ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो)को सरुवा गरेको छ । जसअन्तरगत चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको पनि सरुवा भएको छ ।
भट्टराइको स्थानमा नयाँ प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने आउने भएका छन् । लामिछाने गृहमन्त्रालयबाट काजमा सरुवा भएर आउन लागेका हुन् । यसअघिका सिडियो भट्टराईको भने जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सरुवा भएको छ ।
यस्तै चितवनमा थप एक जना सहायक प्रमुख जिल्ला अधिकारी आउने भएका छन् । मन्त्रालयका अनुसार बर्दियाबाट लिलाधर अधिकारी चितवन आउने भएका छन् ।