




काठमाडौं, फागुन १४ –
नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि गएराति जोशीलाई वीर अस्पताल लगिएको थियो । आज बिहान भने उनलाई थप उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको जोशीको पारिवारिक स्रोतले बताएका छन् ।
जोशीको मस्तिष्कमा रगत जमेको छ । उनको शल्यक्रियाको तयारी भइरहेको जोशीका परिवारका सदस्यले बताएका छन् ।