



चितवन,फागुन १४-
राष्ट्रियसभाका सदस्य दिलकुमारी रावलले पाँच÷१० लाखका योजना माग गर्न पनि केन्द्र सरकारसँग धाउनुपर्ने अवस्था रहेको भन्दैस्थानीय तहलाई थप सशक्त बनाउन जरुरी रहेको बताउनुभएको छ । स्थानीय तहबीच समन्वयमा नीतिगत समस्या रहेकाले सरकारले व्यावहारिक कानूनका पक्षमा ध्यान दिनु उहाँले सुझाव दिनुभयो ।
जिल्ला समन्वय समिति, चितवनको आयोजनामा आजबाट शुरु प्रगति समीक्षा कार्यक्रम कार्यक्रममा उहाँले जिल्ला समन्वय समितिलाई अधिकार सम्पन्न बनाइ तीनवटै तहका विकास गतिविधिबारे समन्वय र अनुगमनको जिम्मा दिनुपर्ने बताउनुभयो ।
जिसस चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले कोरोनाका कारण वार्षिक समीक्षा गर्न असहज भएकाले परिस्थिति सहज बन्दै गएपछि हाल समीक्षा कार्यक्रम राखिएको बताउनुभयो ।