जोडिनुहोस
  • होमपेज
  • वामदेवले गरे प्रचण्डलाई एकताका पक्षमा उभिन प्रस्ताव

वामदेवले  गरे प्रचण्डलाई  एकताका पक्षमा उभिन प्रस्ताव

काठमाडौं, फागुन १३ –

नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले नेकपाका प्रचण्ड(नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।
गौतमले आज बिहान प्रचण्डलाई भेटेर एकताका पक्षमा उभिन प्रस्ताव गरेको हो ।

प्रेस सल्लाहकार विश्वमणि सुवेदीका अनुसार नेकपा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड(नेपाल पक्षमा विभाजित भएको छ । गौतम भने एकताका पक्षमा उभिएका छन्।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि वामदेवले प्रचण्डलाई भेटेका हुन्। करिब आधा घण्टा खुमलटारमा भएको छलफलमा नेकपालाई मिलाएर अघि लैजानु पर्ने गौतमको प्रस्तावमा प्रचण्डले भने केही प्रतिक्रिया नदिएको सुवेदीले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका