होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • चितवनका पत्रकार अधिकारीद्वारा पुरस्कार रकम पीडित चेपाङ परिवारलाई हस्तान्तरण

चितवनका पत्रकार अधिकारीद्वारा पुरस्कार रकम पीडित चेपाङ परिवारलाई हस्तान्तरण

चितवन, फागुन १२-

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवन प्रतिनिधि एवम् पत्रकार दिपेन्द्र अधिकारीले मानवअधिकारको क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत प्राप्त गरेको पुरस्कार पीडित परिवारलाई हस्तान्तरण गरेका छन् ।

आज पुरस्कार रकम राप्ती नगरपालिका–२ का राजकुमार चेपाङको परिवारलाई हस्तान्तरण गरिएको हो । इन्सेकले यस वर्ष उत्कृष्ट जिल्ला प्रतिनिधिको रुपमा चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीलाई सम्मान एवम् सात हजार नगद सहित पुरस्कृत गरेको थियो । मृतक राजकुमारको दुई वर्षको छोरी एलिना चेपाङको शिक्षामा प्रयोग हुने गरी बालिकाको नाममा खोलिएको बैँक खातामा सो रकम जम्मा गरिएको हो ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीमार्फत् रकम हस्तान्तरण गरिएको हो ।

मानवअधिकारको क्षेत्रका सक्रिय भइ काम गरे वापत पाएको पुरस्कार मानवअधिकार उलंघन भइ पीडित बनेका परिवारका लागि उपलब्ध गराउनु सह्रानीय काम भएको जिसस प्रमुख डल्लाकोटीले बताए । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले सहयोग गरिएको रकमले प्रत्यक्ष रुपमा बालिकालाई उनको शिक्षादिक्षामा फाइदा पुग्नेमा आफू विश्वस्त रहेको बताए ।

प्रजातन्त्र दिवसको दिन हेटौंडामा आयोजित इन्सेक मानवअधिकार वर्ष पुस्तक सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अतिथि वागमती प्रदेशका मुख्यन्यायधीवक्ता ओमप्रसाद थपलियाले नगद सात हजार प्रमाणपत्रसहित सम्मान एवम् पुरस्कृत गरेका थिए । जिल्लाको मानवअधिकार गतिविधिमा सक्रिय सहभागिता जनाएको, मानवअधिकारको पक्षमा निरन्तर वकालत गरेको र उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै जिल्ला प्रतिनिधि अधिकारीलाई सम्मान गरिएको इन्सेक वागमती प्रदेश संयोजक कृष्ण गौतमले बताए ।

साउन १ गते चितवन निकुञ्ज सुरक्षार्थ खटिएका सेनाका कर्मचारीको निर्घात कुटपिटबाट सख्त घाइते भएका २४ वर्षीय राजकुमारको साउन ७ गते उपचारकालागि भरतपुर लगिँदै गर्दा निधन भएको थियो । यस घटनाका आरोपित सेनाका हुद्दा तहका कर्मचारी चिरण बुढा जिल्ला अदालत चितवनको असोज २७ गतेको आदेशले पूर्पक्षका लागि थुनामा छन् । यस घटनामा अन्य ६ जनामाथि पनि कुटपिट भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका