होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • चितवनमा भेटेरानकप फुटबल सुरुः चितवन र मकवानपुर विजयी

चितवनमा भेटेरानकप फुटबल सुरुः चितवन र मकवानपुर विजयी

चितवन, फागुन ११–

रविन्द्र श्रेष्ठ एक्लैले दोहोरो ह्याट्रिक गरेपछि चितवन ‘रातो’ ले दोस्रो अन्र्तराष्ट्रिय आमन्त्रण चितवन भेटेरानकपमा जनकपुरलाई १०–० ले पराजित गरेको छ । भरतपुर–७, कृष्णपुरस्थित खेल मैदानमा आज (मंगलबार) बाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा चितवनले जनकपुरलाई १०–० को फराकिलो अन्तरले पराजित गरेको हो ।

सुरुवातदेखि नै जनकपुरलाई दबाबमा राखेको चितवन ‘रातो’ ले पहिलो हाफमा नै ४ गोल गरेको थियो । दोस्रो हाफमा चितवनले थप ६ गोल गरेपछि जनकपुर १०–० ले पराजित भएको हो । चितवनको जीतमा रविन्द्र श्रेष्ठ एक्लैले ७ गोल गरे । यस्तै हर्कराज गुरुङले ३ गोल गरे । श्रेष्ठले पहिलो हाफको पाचौँ र १३औं मिनेटमा गोल गरे । पहिलो हाफकै तेस्रो र २१औं मिनेटमा गुरुङले २ गोल गरे ।

दोस्रो हाफको तेस्रो मिनेटमा गोल गर्दै श्रेष्ठले ह्याट्रिक पुरा गरे । दोस्रो हाफकै नवौं, १५औं र १७औं मिनेटमा गोल गर्दै उनले दोहोरो ह्याट्रिक पनि पुरा गरे । दोस्रो हाफको २५औं मिनेटमा उनले व्यक्तिगत सातौं तथा टिमका लागि नवौं गोल गरे । खेलको अतिरिक्त समयमा प्राप्त पेनाल्टीमा गोल गर्दै गुरुङले पनि ह्याट्रिक पुरा गरेपछि चितवन १०–० ले विजयी भयो । खेलको म्यान अफ दि म्याच चितवनका महेन्द्र खवास घोषित भए ।

यस्तै आजै सम्पन्न दोस्रो खेलमा मकवानपुरको कालभैरव भेटेरान क्लब हेटौंडा विजयी भएको छ । हेटौंडाले अभिषेक चर्च नवलपुरलाई टाइ ब्रेकरमा ४–२ ले पराजित गरेको हो । निर्धारित समयमा दुबैतर्फबाट १–१ गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा हेटौंडाका सुरुवाती चारै खेलाडीले गोल गर्दा अभिषेक चर्चको तेस्रो र चौथो प्रहार गोलमा परिणत हुन सकेन ।

त्यसअघि खेलमा अग्रता भने अभिषेक चर्चले लिएको थियो । अभिषेक चर्चका शिवकुमार श्रेष्ठले खेलको पाचौँ मिनेटमा गोल गरेका थिए । तर उसको आग्रता पहिलो हाफसम्म पनि टिक्न सकेन । खेलको २० औं मिनेटमा अनिल आचार्यले गोल गर्दै हेटौंडालाई खेलमा फर्काए । प्रतियोगिताअन्तर्गत भोलि (बुधबार) चार खेल हुँदैछ । भोलिको पहिलो खेलमा दिउँसो १ बजे नवलपुर भेटेरान र कैलाली भेटेरान, दोस्रो खेलमा २ः१५ मा चितवन भेटेरान ‘निलो’ र सिमरा भेटेरान, तेस्रो खेलमा ३ः३० बजे बुटवल भेटेरान र हेटौंडा भेटेरान तथा अन्तिम खेलमा ४ः१५ बजे भनिमण्डल भेटेरान ललितपुर र देहेरानदुन भेटेरान भारत भिड्ने छन् ।

यसअघि प्रतियोगिताको भरतपुर महानगरपालिकाप्रमुख रेनु दाहालले उद्घाटन गरेकी थिईन् । प्रतियोगिताको उद्घाटन गर्दै मेयर दाहालले खेलकुदको माध्यमबाट चितवनको पर्यटन प्रवद्र्धन गर्न सकिने बताईन् । यस्तै उनले अबको एक वर्ष भित्र रामपुरमा निर्माणाधिन गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला अन्तराष्ट्रिय खेल खेल्न योग्य हुने गरी तयार हुने पनि बताईन् ।

चितवन भेटेरानक्लबले आयोजनामा आजबाट शुरु भएको प्रतियोगिता १४ गतेसम्म चल्नेछ । १४ टोलीको सहभागीता रहेको प्रतियोगिताको विजेताले १ लाख ५१ हजार तथा उपविजेताले ७५ हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यो नेपालको ईतिहासमा भेटेरानकपको सर्वाधिक धनराशी हो । पहिलो संस्करणमा विजेतालाई १ लाख ११ हजार १११ तथा उपविजेतालाई ५० हजार ५५५ रुपैयाँ पुरस्कार राशी थियो । यसवर्ष पुरस्कार राशी बढाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका