जोडिनुहोस
  • होमपेज
  • चितवनमा पाँच महिलासहित ५८ जनाले गरे रक्तदान

चितवनमा पाँच महिलासहित ५८ जनाले गरे रक्तदान

चितवन, फागुन ११-

चितवन अटोमोवाइल्स एशोसिएसनको २८ औं स्थापना दिवसको अवसरमा ५ महिलासहित ५८ जनाले रक्तदान गरेका छन् ।

अटोमोबाइल्स एशोसिएसन र अटोमोबाइल्स बचत तथा ऋण सहकारी संस्थाको संयुक्तरुपमा गरेको खुला रक्तदान कार्यक्रममा उनीहरुले रक्तदान गरेका हुन् । चितवन अटोमोवाइल्स एशोसिएसनका अध्यक्ष अमृत जोशीको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर महानगरपालिका वडा नंं. १० का वडाध्यक्ष तथा भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारी, अटोमोबाइल्स एशोसिएसनका संस्थापक अध्यक्ष निरकुमार पिया, अटोमेकानिकल व्यवसायी संघका अध्यक्ष प्रेमप्रसाद पाण्डे, चितवन अटोमोवाइल्स डिलर्स एशोसिएसनका उपाध्यक्ष गोपाल भट्टराई र चितवन अटोमोवाइल्स रिकण्डिसन व्यवसायी संघका उपाध्यक्ष दिपक खड्का लगायतको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा अटोमोबाइल्स बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भिमलाल न्यूरेले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा वडा अध्यक्ष भण्डारीले रक्तदान पुण्यकार्य रहेको भन्दै रक्तदान जस्तो सामाजिक कार्यमा सबैजना सरिक भई यथासक्य धेरै रगत दान गर्न आव्हृान गरे । उनले अटोमोबाइल्स क्षेत्रको लागि अति आवश्यक अटोल्याण्ड निर्माण अवश्यनै सम्पन्न हुने कुरा प्रष्ट पारे । चितवन अटोमोबाइल्स एशोसिएसनका अध्यक्ष जोशीले संस्थाले प्रत्येक वर्ष गर्दै आएको विभिन्न सामाजिक कार्यहरु मध्ये यस वर्ष रक्तदान कार्यक्रम गरेको र अन्य कार्यहरुलाई पनि निरन्तरता दिने जानकारी गराए । चितवन अटोमोबाइल्स एशोसिएसनका द्वितिय उपाध्यक्ष कुलबहादुर क्षेत्रीको संयोजकत्वमा सो कार्यक्रम भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका