होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • निशानको नयाँ गाडी एसयूभी म्याग्नाइट चितवनमा सार्वजनिक

निशानको नयाँ गाडी एसयूभी म्याग्नाइट चितवनमा सार्वजनिक

चितवन, फागुन ११

जापानिज कम्पनी निशानको नयाँ मोडलको गाडी एसयूभी म्याग्नाइटको चितवनमा बिक्री सुरु गरिएको छ ।

मंगलबार भरतपुर–१० रिजाल चोकमा रहेको एबीएस एक्सपोर्ट इम्पोर्ट प्रालिले एक कार्यक्रमकाबीच सो गाडी सार्वजनिक गर्दै बिक्रीको सुभारम्भ गरेको हो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले पर्दा हटाएर गाडीको सार्वजनिक गरेका थिए ।
चितवनको आर्थिक विकास माथि उठ्दै गएकाले यहाँ गाडी बिक्रि हुनेमा विश्वस्त रहन
सञ्चालकलाई आग्रह गर्दै श्रेष्ठले सफलताको शुभकामना व्यक्त गरेका थिए । निशान नेपालको बाटो सुहाउँदो गाडी भएकाले गाडीको बिक्री राम्रो हुनेमा विश्वस्त रहेको उनले बताए । निशान कम्पनीले कम मूल्यमा आरामदायी गाडी बिक्री गरेको भन्दै नेपालीको आर्थिक क्षमता अनुसारको गाडी भएको श्रेष्ठको भनाइ छ ।

सार्वजनिक गरिएको नयाँ मोडलको उक्त गाडी ४ प्रकारमा उपलब्ध हुने प्रालिका सेल्स अफिसर सागर अधिकारीले जानकारी दिए । म्याग्नाइट मोडलका गाडीको मूल्य २९ लाख ४९ हजार रुपैयाँदेखि ४२ लाख ७९ हजार रुपैयाँ पर्ने उनले बताए ।

गाडीहरु टर्बाे र नन टर्बाे रहेको अधिकारीले बताए । नन टर्बाेको माइलेज १८.७५ लिटर प्रति किलोमिटर तथा टर्बाेको २० किलोमिटर प्रतिलिटर रहेको उनको भनाइ छ । गाडीका अझै थुप्रै नयाँ विशेषताहरु रहेकाले ग्राहकहरुलाई एकपटक गाडी हेर्न आउने उनले आग्रह गरेका छन् ।

गाडी बिक्री पछिको मर्मत, स्पेयर तथा पार्टस्का लागि समेत शोरुममा सेवा उपलब्ध हुने अधिकारले बताए । आफ्नै सर्भिस सेन्टर भएकाले म्याग्नाइट तथा हरेक निशान मोडलका गाडी किन्ने ग्राहकका लागि कुनै झण्झट नहुने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका