होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • पल शाहले मनाए चितवनको मानवका लागि मानव सहयोगी केन्द्रमा जन्मदिन (भिडियोसहित)

पल शाहले मनाए चितवनको मानवका लागि मानव सहयोगी केन्द्रमा जन्मदिन (भिडियोसहित)

चितवन, फागुन १०-

नायक पल शाहले आफ्नो ३१ औं जन्मदिन चितवनमा मनाएका छन् । मानवका लागि मानव सहयोगी केन्द्र (सभ्यताको घर) भरतपुर महानगरपालिका १, ठिमुरामा रहेको आश्रममा बेवारिसेहरुसँग उनले जन्मदिन मनाएका हुन् । उनले आफ्नो फ्यान र त्यहाँका रहेका बेवारिसेहरुसँग बसेर जन्मदिनको केक काटे । आश्रम पुगेका पल र उनका फ्यानहरुले केही खानेकुरा र आर्थिक सहयोग पनि गरेका छन् ।

पल आफ्नो जन्मदिन प्रायः सामाजिक कार्य गरिरहेका संस्थामा नै पुगेर मनाउने गर्छन् । उनी कहिले बृद्ध आश्रम पुग्छन् त कहिले अनाथ आश्रम । पल भन्छन, ‘मलाई पार्टी गर्ने, झुम्नेभन्दा पनि सामाजिक कार्य गर्न नै रमाइलो र खुसी लाग्छ ।’ बेवारिसे सडकमानवहरु राख्ने आश्रममा आएर जन्मदिन मनाउँदा आफू निकै हार्षित रहेको शाहले बताए । शाहको साथमा उनकी बहिनी र आमाको पनि उपस्थिति रहेको थियो । साथमा गायक दुर्गेश थापा पनि रहेका थिए ।

शाहले मानवका लागि मानव सहयोगी केन्द्रको आश्रमको पनि उद्घाटन गरेका थिए । यस्तै उनले आश्रम बनाउन जग्गा दान गर्ने राजकुमार श्रेष्ठका बुवाको शालिकको पनि शिलान्यास गरेका थिए । केन्द्रकी अध्यक्ष सिता कुँवरले आश्रममा आएर जन्मदिन मनाएकोमा नायक शाहप्रति आभार प्रकट गरेकी थिइन् । उनले सबैको साथ र सहयोगले आफूहरुले बेवारिसे राख्नका लागि आश्रम निर्माण गरेको बताइन् । हाल आश्रममा ४२ जना सडक मानवहरु राखिएको उनले जनाइन् । आश्रममा बालबालिकादेखि वृद्धवृद्धासम्म रहेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका