जोडिनुहोस
  • होमपेज
  • व्यवसाय थालेकै महिनामा सफलता चुम्ने ग्राफिक डिलका सुशान्त, पढाइलाई व्यवहारमा उतार्दाको प्रतिफल

व्यवसाय थालेकै महिनामा सफलता चुम्ने ग्राफिक डिलका सुशान्त, पढाइलाई व्यवहारमा उतार्दाको प्रतिफल

चितवन, फागुन ६
व्यवसायिक जीवनमा हात हालेको एक महिनामा २३ वर्षीय सुशान्त कोइरालाले सफलता चुमेका छन् ।

एक महिना अघि भरतपुरको एयरपोर्ट प्लाजामा ग्राफिक डिलका नामबाट फ्लेक्स प्रिन्ट तथा ग्राफिक डिजाइनसम्बन्धी सेवा प्रदान गर्ने व्यवसाय सञ्चालन गरेका उनले पहिलो महिनामै सफलता हाँसिल गरेका हुन् ।

भरतपुर महानरपालिका ३ गीतानगर निवासी कोइरालाले आइटी पढेका छन् । आइटीको परीक्षा सकिएपश्चात पढाइलाई व्यवहारमा उतार्न सुशान्तले ग्राफिक डिल सञ्चालनमा ल्याएका थिए ।

पढाइलाई व्यवहारमा उतार्दा नै उनले पहिलो महिनामै सफलता हाँसिल गरेका हुन् । आफूसँग भएको ज्ञानलाई प्रयोग गरेर आकर्षक डिजाइन गर्नुका साथै क्वालिटी युक्त फ्लेक्स प्रिन्ट गर्ने सुशान्त कहाँ ग्राहकहरुको घुइंचो लाग्ने गर्छ । शिक्षालाई स्वदेशमै लगानी गरेका नम्र स्वभाव अनि कलिला उमेरका सुशान्तलाई प्रशंसा गर्नेहरु धेरै नै भेटिन्छन् ।

अधिकांश व्यवसायहरुलाई सफलता चुम्न अर्थात अपेक्षित नाफा आर्जन गर्न धेरै नै समय लाग्छ । कति व्यवसायीहरु व्यवसाय चौपट हुँदा पलायन हुने गरेका छन् । तर पहिलो महिनामै सफलता चुमेका सुशान्तले आफ्नो व्यवसायलाई थप विस्तार गर्दै लैजाने योजना बनाएको बताए । व्यवसायबाट पैसा कमाएपछि समाज सेवामा लाग्ने सोच रहेको उनको भनाइ छ ।

उनले ३ जनालाई रोजगारी पनि दिएका छन् । एक महिनामा २ लाखभन्दा बढीको कारोबार गर्न सफल भएको सुशान्तले बताएका छन् । पहिलो महिनामै २ लाखभन्दा बढीको कारोबार गर्न सफल सुशान्तले आगामि दिनमा कारोबार बढ्ने अपेक्षा गरेका छन् । ३५ लाखको लागतमा व्यवसाय सुरुवात गरेको सुशान्तले जनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका