होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
शुक्रबार, फाल्गुन २१, २०७७
शुक्रबार, फाल्गुन २१, २०७७
  • होमपेज
  • चितवनमा कोरोना संक्रमण दर शून्यतिर झर्‍यो, धमाधम कोरोनाविरुद्धको खोप लगाइँदै

चितवनमा कोरोना संक्रमण दर शून्यतिर झर्‍यो, धमाधम कोरोनाविरुद्धको खोप लगाइँदै

चितवन, फागुन ६-

चितवनमा कोरोना संक्रमण दर निरन्तर ओरालो लागेर शून्यतिर झरेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा जम्मा २ जनामा मात्र कोरोना संक्रमण देखिएको हो । कयौं दिन त कुनै पनि संक्रमित नभेटिएको कार्यालयले जनाएको छ । कार्यालयको तथ्यांक अनुसार चितवनका सार्वजनिक आइसोलेसन केन्द्रहरु पूरै खाली भएका छन् भने वडा कार्यालयहरुले निर्माण गरेका क्वारेन्टिनहरु पनि खाली नै छन् । व्यक्तिगतरुपमा पनि कोही मानिस होम क्वारेन्टिनमा नरहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार होम आइसोलेसनमा ७६ जना र अस्पतालको आइसोलेसनमा नौ जना रहेका छन् ।

त्यसैगरी चितवनमा अहिलेसम्म जम्मा संक्रमितको संख्या ६ हजार ८११ पुगेको छ । जसमध्ये ६ हजार ६१८ जना निको भइसकेका छन् । अहिलेसम्म १०८ जनाको मृत्यु भइसकेको छ भने ८५ जना अस्पताल र घरमा आइसोलेसनमा रहेका छन् । कुनै बेला चितवनमा दैनिक १५०० भन्दा बढी कोरोना संक्रमितहरु भेटिएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुुख दिपक तिवारीले संक्रमण दर शून्यतिर झर्दै गएको बताए । उनले भने, ‘चितवनमा परीक्षण दर पनि घट्दै गएको छ । संक्रमण दर पनि निरन्तर ओरालो लागेको छ ।’

अहिले चितवनमा धमाधम कोरोनाविरुद्धको खोप लगाइँदै छ । स्वास्थ्य मन्त्रालयले खोप उपलब्ध गराएमा फागुनको अन्तिमसम्म्मा सर्वसाधारणलाई पनि खोप दिने योजना रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख तिवारीले नारायणी अनलाइनलाई जानकारी दिए । फागुन २ गतेबाट सुरु गरिएको खोप कार्यक्रम अहिलेसम्म झण्डै दुई हजार जनालाई लगाइ सकिएको छ । जनस्वास्थ्य प्रमुख तिवारीले भने, ‘पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, शव व्यवस्थापकलाई लगाइएको थियो । अहिले दोस्रो चरणमा जनप्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी, पत्रकारलगायतलाई लगाइँदै छ ।’ उनले सामान्य ज्वरो आउने र टाउको दुख्ने बाहेक गम्भीर खालको असर कसैमा नदेखिएको बताए ।

हालसालै कोरोनाविरुद्धको खोप लगाएका पत्रकार दिपेन्द्र अधिकारीले खोप लगाएपछि ज्वरो आएर औषधि नै खानुपरेको बताए । जनस्वास्थ्य प्रमुख तिवारीले १०० जनामा चार जना जतिलाई सामान्य खालको असर देखिएको जानकारी दिए । बजार तथा बाटोमा मास्कलगाएर हिड्नेहरुको संख्या पनि पातलिँदै गएको देखिन्छ ।

फोटो : राधेश्याम खतिवडा

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका