होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • चितवन जिल्ला स्तरीय पुरुष नकाउट भलिबल प्रतियोगिता : सगरमाथा रिकण्डिशन विजयी (भिडियोसहित)

चितवन जिल्ला स्तरीय पुरुष नकाउट भलिबल प्रतियोगिता : सगरमाथा रिकण्डिशन विजयी (भिडियोसहित)

चितवन, फागुन ६

चितवन जिल्ला स्तरीय पुरुष नकाउट भलिबल प्रतियोगितामा सगरमाथा रिकण्डिशन विजयी भएको छ ।

बुधबार (फागुन ५ गते) साँझ सम्पन्न फाइनल खेलमा लामा स्पोर्ट क्लब वीरेन्द्र नगरलाई सोझो सेटमा ३–० को अन्तरले पराजित गर्दै सगरमाथा रिकण्डिशन विजयी भएको हो ।

सोनी लाफा युवा क्लब, खैरहनीको २६ औं वार्षिक उत्सवको अवसर तथा प्रथम सहिद लखन थापा मगरको १४४ औं स्मृति दिवसकोे अवसरमा फागुन २ गते बाट खेल सुरु भएको थियो ।

खैरहनी नगरपालिका– ४, लाफा गाउँ खेल मैदानमा भएको खेलमा १४ टिमले सहभागिता जनाएका थिए । खेलमा प्रथम हुने रिकण्डिशनलाई ३० हजार नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रमाण गरिएको थियो । भने दित्तीय हुने लामा स्र्पाेट क्लवलाई २० हजार नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रमाण गरिएको थियो ।

फागुन दुई गते खेलको समुद्घाटन गरिए पनि खेलहरु ३, ४ र ५ गते खेलाइएको थियो । सोही अवधिमा म्युजिकल चेयर, चकलेट खाने खेल, बेलुन फुटाउने खेललगायतका खेल पनि खेलाइएको थियो ।

सो क्लवले आफ्नो वार्षिक उत्सव एबम प्रथम सहिद लखन थापा मगरको स्मृतिमा बर्र्षेनि भलिबल खेलसहित अन्य विभिन्न खेलहरुको आयोजना गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका