जोडिनुहोस

Banner

काठमाडौँ, फागुन ५-

देशभर डाक्टरहरूले बिरामी जाँच्ने शुल्क बढेको छ ।

नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै डाक्टरहरूले दिने परामर्श तथा जाँच्ने शुल्क बढाएको हो । शुल्क आजदेखि नै लागू भएको छ ।

स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन तथा पेसागत संघ संगठनको संयुक्त संघर्ष समितिसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ ४ गते सम्झौता गरेको थियो । सो सम्झौतामा चिकित्सकको परामर्श शुल्कलाई ३० दिनभित्रमा लागू गर्ने प्रतिबद्धता जनाएको थियो।

तर, त्यसलाई कार्यान्वयन नहुँदा संघ र अफिनले मंगलबार बैठक बसेर नेपाल राष्ट्र बैँकको मुद्रा स्फ्रिति तथा शुल्क परामर्श समितिले सिफारिस गरेको शुल्कलाई नै आधार मानेर नयाँ परामर्श शुल्क तोकेको हो । पाँच वर्षसम्म अनुभव भएका एमबीबीएस गरेका डाक्टरको ३७० र पाँच वर्ष बढी अनुभवी डाक्टरको शुल्क ४५० तोकेको छ । त्यस्तै, एमडी गरी १० वर्षसम्म अनुभव भएका डाक्टरले जाँच्ने शुल्क ८२५ तोकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.