होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • नेकपा (ओली समूह) चितवनको अध्यक्षमा रावल र सचिवमा खनाल

नेकपा (ओली समूह) चितवनको अध्यक्षमा रावल र सचिवमा खनाल

चितवन, फागुन ५–

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूह चितवनको अध्यक्षमा दिलकुमारी रावल ‘पार्वती’ चयन भएकी छन् ।

आज (बुधबार) बसेको जिल्ला कमिटी बैठकले अध्यक्षमा रावललाई चयन गरेको हो । रावल तत्कालीन एमालेको जिल्ला सचिव एवम् राष्ट्रिय सभा सांसद हुन् । सचिव बनेका प्रकाश खनाल (शैलेस) रामबहादुर थापा बादल समूहका हुन् ।

बैठकले १० औं जिल्ला अधिवेशन गराउन ५०१ सदस्यीय आयोजक कमिटी गठन गरेको छ । कमिटीका सबै सदस्यहरूको सपथ ग्रहण फागुन १० गते राखिएको नवनियुक्त अध्यक्ष रावलले जानकारी दिईन् ।

साथै बैठकले नीति सिद्धान्त आर्दश र पार्टी एकता विरोधी गतिविधिमा संलग्न भएको आरोप लगाउँदै नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेललाई जिम्मेवारीबाट हटाईएको नेकपा केन्द्रीय सदस्य पुरूषोत्तम न्यौपानेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका