जोडिनुहोस
  • होमपेज
  • चितवनमा विद्यार्थीले बनाई दिए गुरुलाई घर, राजेश हमालले गरे हस्तान्तरण

चितवनमा विद्यार्थीले बनाई दिए गुरुलाई घर, राजेश हमालले गरे हस्तान्तरण

चितवन, फागुन ४–

चितवन खैरहनीका विद्यार्थीहरुले एक उदाहरणीय काम गरेका छन् । खैरहनी नगरपालिका–१ स्थित कंकाली माविका पूर्व विद्यार्थीहरुले आफूहरुलाई शिक्षा दिने शिक्षक (गुरु) पशुपतिलाल कर्णलाई घर निर्माण गरेर नमुना कामको उदाहरण पेश गरेका हुन् ।

घर निर्माणका लागि कंकाली मावि पूर्व विद्यार्थी समाजले अभियाननै संचालन गरेर सहकर्मीहरुसंग रकम संकलन गरेको थियो । स्वतस्फुर्त रुपमा पूर्व विद्यार्थीहरुले रकम सहयोग गरेका थिए । सोही विद्यालयमा लामो समयसम्म अध्यापन गराएका शिक्षक कर्णका लागि विद्यार्थीहरुले ‘गुरु आवास’ नाम दिएर सुविधायुक्त घर निर्माण गरेको पूर्व विद्यार्थी समाजका अध्यक्ष अर्जुन लम्सालले बताए ।

घर निर्माणमा झण्डै २४ लाख रुपैयाँ खर्च भएको छ । ४ लाख जिन्सीसहित २४ लाख रुपैयाँमा घर निर्माण गरिएको अध्यक्ष लम्सालले बताए । घरमा फर्निचरदेखी वासिङ मेसिनसम्म व्यवस्था गरिएको छ । कोरोना भाईरस संक्रमणका कारण घर हस्तान्तरणमा ढिलाई भए पनि सरस्वती पूजाको अवसर पारेर उपहार प्रदान गरिएको अध्यक्ष लम्सालले बताए । शिक्षक कर्णको यहाँ आफ्नै घर छैन् । कंकाली मावि अगाडी शिक्षक आफैले थोरै जग्गा खरिद गरेपनि घर निर्माण गर्न सकेका थिएनन् ।

सो घर मंगलबार सरस्वती पूजाको अवसर पारेर हस्तान्तरण गरिएको छ । नेपाली सिने क्षेत्रका महानायक राजेश हमालको प्रमुख आतिथ्यतामा एक समारोहका बीच सो घर शिक्षक कर्णलाई हस्तान्तरण गरिएको थियो । सो अवसरमा महानायक हमालले विद्यार्थीहरुले नमुना काम गरेको भन्दै प्रसंसा गरे । ‘शिक्षकप्रति पूर्व विद्यार्थीहरुले देखाएको माया उत्कृष्ठ छ’ महानायक हमालले भने ‘यसले समाजमा अझ राम्रा कामहरुसंग उत्प्रेरित गर्छ ।’

शिक्षक कर्णले नयाँ घर पाउँदा खुसीको सिमा नरहेको प्रतिक्रिया दिए । घर प्राप्त गरेपछि शिक्षक कर्णले खुसी व्यक्त गर्दै भने–‘विद्यार्थीहरुको यो कामको उच्च सम्मान गर्छु ।’ महानायक हमालले घरको चावी हस्तान्तरण गरेसंगै रिवन काटेर शिक्षक कर्णलाई गृह प्रवेश गराएका थिए ।

एक प्रतिक्रिया on “चितवनमा विद्यार्थीले बनाई दिए गुरुलाई घर, राजेश हमालले गरे हस्तान्तरण

  1. सारै खुसी लाग्यो । गुरूहरूलाई गाली गरेर आफ्नो हैसियत बढाएको सहसुस गर्ने नेता, कर्मचारी, कथित अभियन्ता, आदि तथा गुरु गोद्ने बहादुरका जमानामा गुरुहरूको अर्थोपार्जनको अवस्था र गुरुप्रतिको विद्यार्थीको सद्भाव अत्यन्त मर्मस्पर्शी छ । आदरणीय गुरुप्रति नमन, विद्यार्थीलाई धन्यवाद । जय सरस्वती माता, गुरू र विद्यार्थीको कल्याण गर ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका