जोडिनुहोस

Banner

चितवन, फागुन ४-

भरतपुर महानगर फलफूल तथा तरकारी बजारमा पनि क्यूआर कोडबाट डिजिटल भुक्तानी सुरु भएको छ ।

चितवनमा अनलाइन र मोबाइल बैकिङको प्रचलन बढ्दै गएपछि एनएमबी बैंकको अग्रसरतामा क्यूआर कोडबाट भुक्तानी सुरु भएको हो । यो कोडबाट बजारमा फलफूल तथा तरकारी किन्ने ग्राहकले मोबाइल वा अनलाइनबाट पैसा तिर्न सक्ने छन् । बैंकको वागमती प्रदेश प्रमुख गणेश पराजुलीले आज महानगर फलफूल तथा तरकारी बजार क्षेत्रपुरका व्यवसायीलाई क्युआर कोड हस्तान्तरण गरे ।

महानगर फलफूल तथा तरकारी बजारका प्रवन्धक निर्देशक थिरप्रसाद धितालले क्युआर कोडका कारण भुक्तानी अझ सहज भएको बताए । उनले नारायणी अनलाइनलाई भने, काठमाडौँको कालीमाटी तरकारी बजारपछि उपत्यका बाहिर डिजिटल भुक्तानी सुरु गर्ने यो तरकारी बजार नै पहिलो हो ।’ उनका अनुसार एनएमबी बैँकले झण्डै ३० जना व्यवसायीलाई यो कोड प्रदान गरेको छ भने अन्य बैँकहरुले पनि कतिपय व्यवसायीलाई यो कोड उपलब्ध गराएका छन् । नेपाल सरकारको अभियान अनुसार नै यस्तो व्यवस्था गरिएको उनले जानकारी दिए । बजारमा १५० जना व्यवसायीले फलफूल तथा तरकारी बेच्दै आएका छन् ।

राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइसनको तर्फ केन्द्रित रही नगद सहितबाट नगद रहित समाज रूपान्तरणको दिशामा उन्मुख रहेको एनएमबी बैंकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.