जोडिनुहोस

Banner

काठमाडौँ, फागुन ४-

प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा संसदीय व्यवस्थामाथि जनमतसंग्रह गर्नुपर्ने पक्षमा देखिएको छ ।

विप्लवले प्रष्टसँग भनेका छन्, ‘सार्वभौमसत्ता सम्पन्न जनताको जनमतद्वारा वैज्ञानिक समाजवाद कि पुँजीवादको फैसला गर्ने ।’ त्यसका लागि दुईवटा प्रक्रिया पूरा गर्नुपर्ने विप्लवको लाइन छ । पहिलो, वर्तमान राजनीतिक समीक्षा सम्मेलन अनि त्यही सम्मेलनको निकासमा वैकल्पिक समानान्तर सरकार बनाउने । त्यही समानान्तर सरकारमार्फत जनमतसंग्रह गराउने ।

मोहन वैद्य, ऋषि कट्टेल, आहुति र विप्लव नेतृत्वका चार पार्टीले रणनीतिक संयुक्त मोर्चा बनाउने घोषणासँगै विप्लवले वैकल्पिक समानान्तर सरकारको प्रस्ताव गरेका हुन् । र, त्यही सरकारले जनमतसंग्रह गराउनेछ । त्यसका लागि विप्लव अहिले चार पार्टीबीच एकता गर्ने प्रयासमा छन् । मोहन वैद्यलाई अध्यक्ष वा संरक्षक बनाउने र विप्लव महासचिव बन्ने गरी पार्टी एकताको प्रयासमा लागेका हुन् । तर, यी सबै प्रयास विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवापछि हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिबन्धित विप्लव नेतृत्वको नेकपासँग वार्ताको प्रयासमा छन् । प्रधानमन्त्री ओली स्वयम् विप्लवसँग सम्पर्क सूत्रमार्फत संवादमा जोडिन खोजिरहेका छन् । वार्ताको वातावरणका लागि प्रधानमन्त्री ओलीको सन्देशसहित खानेपानी मन्त्री मणि थापाले विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश वलीलाई जेलमै भेट्न पुगेका थिए । तर, सरकार र विप्लव समूहबीच अहिलेसम्म औपचारिक रूपमा वार्ताको वातावरण बनिसकेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.