होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • टेस्ट क्रिकेटः भारतद्वारा इङ्ल्यान्ड ३१७ रनले पराजित

टेस्ट क्रिकेटः भारतद्वारा इङ्ल्यान्ड ३१७ रनले पराजित

चेन्नाई, ४ फागुन
भारतले दोस्रो टेस्ट क्रिकेटमा भ्रमणकारी टोली इङ्ल्यान्डलाई ३१७ रनले पराजित गरेको छ । यो जितसँगै भारतले चार खेलको वर्तमान शृंखला १–१ को बराबरी गरेको छ ।

पहिलो टेस्ट क्रिकेट खेल्दै गरेका भारतीय बायाँ हाते स्पिनर अक्षर पटेलले दोस्रो इनिङमा पाँच विकेट लिन सफल भएका थिए । जितका लागि चारसय ८२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड चौथो दिन १६४ रनमै समेटिएको थियो ।

अर्का भारतीय बलर रविचन्द्रन अश्विनले दुबै इनिङमा गरी आठ विकेट लिएका थिए । उनले व्यक्तिगत १०६ रन पनि बनाएर भारतीय इनिङलाई सम्मानजनक स्थितिमा पुर्याएका थिए ।
तेस्रो टेस्ट यही फेब्रुअरी २४ मा अहमदाबादमा हुनेछ । (रासस–एएफपी)

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका