जोडिनुहोस
  • होमपेज
  • सिटीहलको विरोधी ओली नै आएर सिटीहलको शिलान्यास गरेको देख्दा खुशी छुः प्रचण्ड

सिटीहलको विरोधी ओली नै आएर सिटीहलको शिलान्यास गरेको देख्दा खुशी छुः प्रचण्ड

चितवन, फागुन ४–

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरमा निर्माणधीन सिटीहलको विरोधी प्रधानमन्त्री केपी शर्मा ओली आफै आएर शिलान्यास गरेको देख्दा आफू खुशी भएको प्रतिक्रिया दिएका छन् ।

सिटीहलको निरीक्षण पश्चात दाहाल–नेपाल समूह निकट प्रेस संगठन चितवनले आज (मंगलबार) विहान भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले सिटीहलको शिलान्यस गर्नु आफ्नो र चितवनबासीको जित भएको बताए । दुई वर्षसम्म सिटीहल बनाउन नदिनका लागि प्रधानमन्त्री ओली नै मेहनत गरेर लागि परेको भन्दै भने–‘दुई÷तीन वर्ष सिटीहल नबनाउनका लागि मेहनत गरेको मान्छे आएर शिलान्यास गर्नुभयो, यो मेरो, यहाँका जनप्रतिनिधि र जनताको जित ठानेको छु, केपी विरोधी नै आएर शिलान्यास गर्दिनु त ठूलो कुरा हो नी ।’

उनले सिटीहल निर्माणका लागि आफूले २ वर्षसम्म ठूलो संघर्ष गरेको बताए । ‘सिटीहलको निर्माण र बजेटका लागि प्रधानमन्त्रीसंग धेरै ठूलो बहस र संघर्ष चल्यो, उहाँ सिटीहलको पक्षमा हुनुहुन्थेन’–प्रचण्डले भने ।

चितवनबाट विकासको मोडेल दिनुपर्छ भनेर निर्वाचन अघि गरेको प्रतिवद्धता अनुसार नै आफूले सिटीहल अघि बढाएको उनको भनाई थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका