जोडिनुहोस
  • होमपेज
  • चितवन आएर प्रचण्डले भनेः राम्रो दिमाग भएका मान्छे सबै सरकारकाविरुद्धमा छन्

चितवन आएर प्रचण्डले भनेः राम्रो दिमाग भएका मान्छे सबै सरकारकाविरुद्धमा छन्

चितवन, फागुन ३–

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनता र राम्रो दिमाग भएका व्यक्ति सबै सरकारको कदमविरुद्ध लागेको बताएका छन् ।

श्रद्धाञ्जली सभाका लागि आज (सोमबार) विहान चितवन आइपुगेका प्रचण्डले भरतपुर विमानस्थलमा पत्रकारहरुसंग कुरागर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीको प्रतिगामीकदम विरुद्ध सबै एकजुट हुनुपर्ने भन्दै प्रतिगमनलाई परास्त गर्नुपर्नेमा जोड दिए ।

उनले निर्वाचनमा समेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई हराएर देखाउने बताए । ‘प्रतिगमनको बाटो पक्रिएसंगै ओली हारी सके, उहाँ मतमा पनि हार्नुहुन्छ, व्यवहारमा पनि हार्नुहुन्छ’–अध्यक्ष प्रचण्डले भने ।

यद्यपी वर्तमान सरकारले घोषणा गरेको निर्वाचन भने कुनै हालतमा नहुने उनको दावी थियो । प्रधानमन्त्री ओलीले हिजो बुटवलको आमसभामा टाउको गनेर नभइ बाक्सा थापेर जनता कसको पक्षमा छ भन्ने कुरा देखाउन प्रचण्ड–माधव पक्षलाई चुनौती दिएको थियो ।

त्यसको खण्डन गर्दै प्रचण्डले पहिले राजामहाराजाले गर्ने जस्तै पञ्च¥याली जम्मा गर्ने, जमिन बाड्छौं भनेर मान्छे उतार्ने कामले केही अर्थ नहुने बताए । प्रचण्ड आजै काठमाडौं फर्किदै छन् ।

एक प्रतिक्रिया on “चितवन आएर प्रचण्डले भनेः राम्रो दिमाग भएका मान्छे सबै सरकारकाविरुद्धमा छन्

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका