जोडिनुहोस
  • होमपेज
  • प्रेम मार्केट चितवन च्याम्पियनसिपः उपाधिका लागि आज मुनस्टोन र इस्र्टन भिड्दै

प्रेम मार्केट चितवन च्याम्पियनसिपः उपाधिका लागि आज मुनस्टोन र इस्र्टन भिड्दै

चितवन, फागुन ३–

१७औं संस्करणको ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफी–२०७७ को उपाधिका लागि आज (सोमबार) मुनस्टोन क्रिकेट एकेडेमी र ग्लोबल इनफरेन्स इस्र्टन क्रिकेट एकेडेमी भिड्दै छन् ।

धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाईमा रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा केहीबेरमा उपाधि भिडन्त हुने प्रतियोगिताका संयोजक उमेश पियाले जानकारी दिए । मुनस्टोन समूह ‘ए’को विजेता बन्दै फाइनल यात्रा तय गरेको हो भने इस्र्टन समूह ‘बी’को विजेताको रुपमा फाइनल प्रवेश गरेको हो ।

मुनस्टोन हरिबहादुर चौहानको कप्तानीमा मैदानमा उत्रिदैछ भने इस्र्टन आकाश थापाको कप्तानीमा मैदानमा उत्रिदैछ ।

चितवन क्रिकेट संघको आयोजनामा भइरहेको यस प्रतियोगिताको विजेताले २० हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ पुरस्कार पाउने छ ।

यस्तै म्यान अफ दि म्याच, म्यान अफ दि सिरिज, बेस्ट बलर र बेस्ट ब्याट्सम्यान पुरस्कार प्रदान गरिने संघका उपाध्यक्ष सुदिप पियाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका