जोडिनुहोस
  • होमपेज
  • अखिल नेपाल किसान महासंघ चितवनको वृहत भेला फागुन २० मा हुने

अखिल नेपाल किसान महासंघ चितवनको वृहत भेला फागुन २० मा हुने

चितवन,फागुन २-

ओली समूहको नेपाल कम्युनिष्ट पार्टी .(नेकपा) निकट अखिल नेपाल किसान महासंघ चितवनको वृहत भेला आउने फागुन २० गते हुने भएको छ । भरतपुरमा हुने भेलामा महासंघको जिल्ला कमिटी, स्थानीय निकाय कमिटी, निर्वाचन क्षेत्र कमिटी गठनको घोषणा गरिने भएको छ । आइतवार आज भरतपुरमा महासंघ आवद्ध अगुवा कार्यकर्ताको भेलाले स्थानीय तह तथा निर्वाचन क्षेत्रमा कमिटी गठन तथा २० फागुनको कार्यक्रमलाई भब्य बनाउन संयोजक तथा सहसंयोजकहरु तोकेको नेकपा चितवनका मोर्चा विभाग संयोजक पुरुषोत्तम न्यौपानले जानकारी दिए ।

वृहत भेलाको उद्घाटन महासंघका केन्द्रीय संयोजक डा. प्रेम दंगालले गर्नेछन् । न्यौपानेका अनुसार महासंघ आवद्ध २४ घटक मध्ये चितवनमा १५ वटा घटक संघको पनि गठन सोही दिन घोषणा गरिने छ । अगुवा कार्यकर्ता भेलाले १५ फागुन भित्र सबै पालिका, प्रदेश निर्वाचन क्षेत्र तथा निर्वाचन क्षेत्रमा कमिटी गठन गरिसक्न भनेको संयोजक न्यौपानले जानकारी दिए । ‘हामीले फागुन १५ गते भित्र सबै कमिटी गठन गरिसक्छौं, त्यसको घोषणा वृहत किसान महासंघको भेलाबाट २० गते हुन्छ’ न्यौपानले भने, ‘आइतवारको अगुवा कार्यकर्ता भेला पनि निकै उत्साहप्रद रुपमा भयो ।

नेकपा बागमती प्रदेश कमिटीका सहइन्चार्ज काशिनाथ अधिकारीको प्रमुख आतिथ्यतामा भएको अगुवा कार्यकर्ता भेलामा केन्द्रीय सदस्यहरु हरि सापकोटा, पुरुषोत्तम न्यौपाने, दुर्गादत्त पौडेल, नारायण अधिकारी, सुनिता अधिकारी, भरतपुर महानगर अध्यक्ष रामप्रसाद न्यौपाने, जिल्ला कमिटी सदस्य हरि प्रसाद पौडेल, भूमि आयोग चितवनका अध्यक्ष यादव पाठक, सदस्य शान्तराज आचार्यको सहभागीता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका