



चितवन,फागुन २-
चितवनको भरतपुर चौविसकोठीमा रहेको चितवन स्किन क्लिनिकमा कपाल प्रत्यारोपण सेवा सुरु भएको छ । विगत ५ बर्षदेखि लेजर हेअर रिमुभल सेवा प्रदान गर्दै आएको क्लिनिकले फागुन १ गतेबाट कपाल प्रत्यारोपण सेवा सुरु गरेको जनाएको छ । रेडियन्ट हेल्थ केयर प्रा.लि. काठमाण्डौंका डा. कमलराज धिताल र डा. अच्यूत पोखरेलको टोलीले नवलपुर गैंडाकोटका कमल सेन्चुरीको टाउकोमा कपाल प्रत्यारोपण गरेको हो । करीव ७ घण्टा लगाएर सेन्चुरीको टाउकोमा कपालको जरा प्रत्यारोपण गरिएको प्रवन्ध निर्देशक राजकुमार श्रेष्ठ जानकारी दिए ।
सो क्लिनिकले डिमा रोलर, पीआरपी, लेजर प्रविधिबाट शरीरमा भएका अनावश्यक रौंहरु हटाउने सेवा दिँदै आएको छ । आगामी दिनमा सेवाहरु थप्दै छाला, कपाल तथा सौन्दर्य सम्बन्धी सबै सेवा दिने सोचका साथ अघि बढेको प्रवन्ध निर्देशक श्रेष्ठले बताए । छाला सम्बन्धी आवश्यक औषधी तथा परामर्श सेवाहरू पनि दिँदै आएको श्रेष्ठको भनाइ छ ।