जोडिनुहोस
  • होमपेज
  • चितवनमा काँग्रेसको भोलि विरोधसभा, गगन थापाले सम्बोधन गर्ने

चितवनमा काँग्रेसको भोलि विरोधसभा, गगन थापाले सम्बोधन गर्ने

चितवन, फागुन २–

संसद विघटनविरुद्धमा नेपाली काँग्रेसको देशव्यापी विरोध कार्यक्रम अन्तरगत भोलि (सोमबार) चितवनमा विरोधसभा हुँदैछ ।

काँग्रेस चितवनको आयोजनामा भरतपुरको चौविसकोठी चोकमा दिउँसो विरोधसभा हुन लागेको हो । विरोधसभालाई नेपाली काँग्रेसका युवा नेता एवंम पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको काँग्रेस चितवनका सभापति जितनाराण श्रेष्ठले जानकारी दिए । यस्तै सभालाई नेतृ सरिता प्रसाईले समेत सम्बोधन गर्नेछिन् ।

विरोधसभा अघि केन्द्रीय बस टर्मिनल भरतपुरबाट वृहत र्‍याली निस्किने छ । दिउँसो १२ः१५ बजेदेखि सुरु हुने र्‍याली दिउँसो १ बजे विरोधसभामा परिणत हुनेछ ।काँग्रेस चितवनले विरोधसभामा सहभागिता जनाउन ४० हजार जनालाई पत्र पठाएर निम्तो गरेको छ । कार्यकर्तालाई सवारी साधनमा बोक्दा खर्च बढी हुने भएपछि स्वतःस्फूर्त उपस्थित गराउन पत्रचार गरेको हो ।

काँग्रेस चितवनका सभापति श्रेष्ठका अनुसार जिल्लामा रहेका २८ हजार क्रियाशिल सदस्यसहित ४० हजार नेता कार्यकर्तालाई पत्र पठाएर बिरोधमा सहभागी हुन निम्तो गरिएको छ । काँग्रेसले जिल्लाका सात वटा स्थानीय तहका ९८ वटा वडा समिति मार्फत घरघरमा पत्र पठाएको हो । प्रतिनिधिसभा विघटन पछि काँग्रेसले वडा, पालिका, प्रदेश क्षेत्र, संघीय क्षेत्र हुँदै जिल्ला तहमा बिरोध कार्यक्रम गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका