होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • केपी ओली नयाँ महाराजा हुन्ः राजेन्द्र महतो

केपी ओली नयाँ महाराजा हुन्ः राजेन्द्र महतो

नवलपरासी,फागुन २-

जनता समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नयाँ महाराजा भएको बताएका छन्। पश्चिम नवलपरासीको परासीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै नेता महतोले महाराजाकै शैलीमा केपीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन गरेको बताए।

महतोले संविधान जारी गर्ने समयमा अन्तरिम संविधानमा भएका व्यवस्थाहरू समेत कटौती गरेर तत्कालिन एमाले, माओवादी, नेपाली कांग्रेस लगायतका दलहरूले सहमतिमै संविधानमाथि प्रतिगमन गरेको जिकिर गरे। जारी गर्ने समयमै संविधानमाथि प्रतिगमन भएकोमा अहिले फेरी नयाँ महाराजा ओलीले दोस्रोपटक प्रतिगमन गरेको उनले बताए। ओलीकै कारण नेपाली जनताले वर्षौं संघर्ष गरेर प्राप्त गरेको संविधानसँगै हालसम्म प्राप्त सबै उपलब्धि गुम्ने खतरा बढेको पनि महतोले बताए।

ओलीको प्रतिगामी कदमविरुद्ध जसपा शुरूदेखि नै विरोधमा रहे अब संयुक्त आन्दोलनको विकल्प नरहेको भन्दै महतोले त्यसका लागि पहिला सडकमा रहेको नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस तयार हुनुपर्ने धारणा व्यक्त गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका