होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस

विचार/ब्लग

रेडियो र म

रेडियो र म

– वसन्त ढुंगाना

उ बेला घरमा फिलिप्स रेडियो थियो । म सानो थिएँ । त्यो रेडियोलाई कपडाको खोल बनाएर घरको भित्तामा झुन्डाइएको हुन्थ्यो । बुवाको विहान बेलुकी रेडियो सुन्ने दैनिकी नै थियो । बुवा राजनीतिमा चासो राख्ने मान्छे भएर होला बिहान सात र साँझ साढे सात बजेको घटना र विचार खुब सुन्नुहुन्थ्यो । हामीलाई त्यो समयमा चर्को स्वरमा बोल्ने अुनुमति हुँदैन्थ्यो । चुप हुनुपर्दथ्यो ।

बुवा घरमा नभएको समय भित्ताको रेडियो तर्फ दौडिहाल्थ्यौँ । अनि रेडियो घन्काउथ्यौँ । रेडियोमा बोल्ने मान्छे कस्ता हुन्छन्, यति सानो रेडियोमा मानिस कसरी छिर्दा हुन भन्ने खुवै कौतुहल्ता हुन्थ्यो । त्यो कौतुहल्ता मेटाउन एक दिन रेडियोलाई खोल्ने प्रयास गरेँ । मान्छे देखिएनन् । साङला थुप्रै थिए । मैले ठाने साङला बोल्दा हुन् । घरको दलिनका साङला किन नबोलेका सोच्थे । तर, हिजोआज त्यस्तै रेडियोमा मेरो स्वर गुञ्जिन्छ । अनि विगत सम्झेर हाँसो पनि लाग्छ ।

म सानैदेखि रेडियो पारखी । बुवासँगै रेडियो सुन्थेँ । यसमा बोल्न पाउँदा ठूलो मान्छे भइन्छ भन्ने लाग्थ्यो । एसएलसी दिएर प्लस टु पढ्न बाग्लुङबाट भरतपुर झरेँ । पढ्ने विषय रोज्न निकै दोधार थिएँ । बुवा र दाइहरुले पनि के पढ्ने कान्छा भन्नुहुन्थ्यो । म अलमलमा थिए । दाइले हाँस्दै भन्नुभयो पत्रकारिता पढ्छस् ? आहा ! म निकै उत्साहित भएँ । फ्याट्टै हुन्छ भनेँ । सोँचे रेडियो काम गर्ने मेरो चाहना पूरा हुने भयो ।

पत्रकारिता पढ्न सप्तगण्डकी बहुमुखी क्याम्पसमा भर्ना भएँ । त्यो बेला १५ वर्षको थिएँ । केटाकेटीपन रेडियो बोल्न पाए हुन्थ्यो भन्ने खुब लाथ्यो । रेडियो बढी सुन्न थालेँ । विस्तारै रेडियो खुल्न थालेँ । कालिका एफएम, सिनर्जी एफएम, हाम्रो एफएम, त्रिवेणी एफएम, सामुदायिक रेडियो नारायणी, गँैडाकोटको विजय एफएम निकै सुनिन्थ्यो । रेडियो स्टेसन भने गएको थिइन ।

एक दिन कक्षा १२मा पढ्दा गुरु मधुसुदन दवाडीले रेडियो घुमाउन लैजाउने कुरा गर्नुभयो । नियमित कलेज आउने आमसञ्चारका विद्यार्थी १२ जना जति हुन्थ्यौँ । हामी सबै सिनर्जी एफएम. अवलोकन गर्न गयौँ । त्यो समयमा सिनर्जी एफएम सिनर्जी चोकमा थियो । म रेडियोमा बोल्ने मान्छे कस्ता हुन्छन् । रेडियो कस्तो हुन्छ भन्ने जान्न निकै उत्साहित थिए । साँच्नै भन्ने हो भने रेडियोमा काम गर्ने मानिस त्यो बेलासम्म प्रत्यक्ष देखेको पनि थिएन ।

अझ चितवनको पहिलो रेडियो सिनर्जी एफएम घुम्न उत्सुक थिएँ । एफएफ. स्टेसन जानुपूर्व भ¥याङमा गार्ड थिए । उनले हामीलाई चेक गरेर मात्र भित्र जान दिए । हामी सोधपुछ कक्षमा बस्यौँ । पछि हामीलाई रेडियो देखाउन एक जना सर आउनुभयो । हामीलाई अन एयर, प्रोडक्सन, समाचार कक्षा लगायतका कोठामा लगेर त्यहाँ काम हुने विषयमा जानकारी गराउनु भयो । त्यतिखेर यहाँबाट हामी कहिले बोल्ने, काम गर्ने कहिले भन्ने सोचिरहेको हुन्थ्थेँ ।

यस्ता अनेक प्रश्न मनमा उब्जिरहेको थियो । त्यो समयमा संगिता लामिछाने दिदी रेकडर लिएर तल झर्नु भयो । उहाँले हामीलाई रेडियोमा बोल्ने भन्ने भन्दै प्रश्न सुनाउनुभयो । पहिलो पटक एक्कासी रेडियोमा बोल्ने भन्दा झस्किँए । के बोल्ने थाहा थिएन । लाजसगै डर पनि लाग्न थाल्यो । अन्य साथीहरु बोल्न तयार भइसकेका थिएँ । अन्तिममा मेरो पालो आयो । त्यतिखेर उहाँले नेपालमा बढिरहेको दण्डहिनतालाई रोक्न के गर्नुपला? भन्ने प्रश्न गर्नुभएको थियो । जानी नजानी भनियो । पछि घरमा गएर रेडियो सुनियो । त्यो जनआवाजमा बजेको थियो । राम्रै पनि लाग्यो । यो नै मेरो रेडियोमा बजेको पहिलो आवाज थियो । सायद यो २०६८ साल तिरको कुरा हो । खुसी पनि लाग्यो ।

सोच्ने गर्थें समाचार लेख्न सकुला कि नसकुला । रेडियोमा बोल्न पाए कस्तो होला? कल्पनामा डुब्थेँ । बिए.पहिलो वर्ष सकिने समयमा मधुसुदन दवाडी सरले भन्नुभयो । रेडियोमा काम गर्ने? कुन रेडियो कहाँ के काम भन्ने केही पनि सोधिन् । उहाँको प्रश्न पुरा हुन नपाउँदै हुन्छ भनेँ । म अच्मित छु । सामुदायिक रेडियो नारायणी एफएममा काम थालियो ।

मनमा धेरै सपना बोकेर कामलाई निरन्तरता दिँदै गएँ । आफूलाई स्थापित गर्न प्रेरणा र अवसरसँगै चुनौतीहरु पनि थिए । काम सिक्दै गए । विस्तारै पत्रकारितालाई पनि बुझ्न थाले ।

६ महिनापछि चितवनको पहिलो रेडियो सिनर्जी एफएममा काम गर्ने अवसर मिल्यो । त्यहाँ ५ वर्ष काम गरियो । त्यहाँबाट धेरै सिक्ने अवसर पाए । रेडियोमा करियर नदेखेर कति साथीहरु छोडेर गए । तर, पत्रकारिता प्रतिको मोहका कारण रेडियो छोड्न सकिन । अहिले चितवनको कालिका एफएममा कार्यरत छु ।

समाजले पत्रकारलाई हात घुमाएर टन्न कमाउन सक्छन् भन्ने पेसाका रुपमा नलिएका पनि होइनन् । तर, पत्रकारको वास्तविक पीडा भनेर साध्य छैन । बिहान पाँच बजेदेखि राती दश बजेसम्म खटेर काम गरे पनि सहजै तलब न दिँदाको पीडा कति हुन्छ त्यो भोग्ने लाई थाहा होला । तर, त्यो भन्दा ठूलो कमाइ आवाज बिहीनहरुको आवाज बन्नु नै हो ।

अझै रेडियोको भूमिका अन्य सञ्चार माध्यमको भन्दा भिन्न छ । अहिलेसम्म आइपुग्दा आम नागरिकको सबैभन्दा सजिलो र सहज पहुँज भएको सञ्चार माध्ययम भनेकै रेडियो हो । विभिन्न तथ्याङ्कले पनि सामान्य परिस्थितिमा ६० प्रतिशत नागरिकले सूचना पाउने पहिलो माध्यम रेडियो नै रोजेको देखाउँछ । अझ प्राकृतिक बिपत्ती, निर्वाचन र प्रकोप जस्ता असामान्य बेलामा ९० प्रतिशत नेपाली नागरिकले स्थानीय रेडियोबाट सूचना लिने गरेको पाइन्छ । जनताले यति भरोसा गरेको सञ्चार माध्यममा काम गर्ने हामी जस्ता पत्रकार तथा सञ्चारकर्मी अझ बढी जिम्मेवार बन्नुपर्छ । दाग नलागेको ऐना जस्तो परदर्शी एवम् विश्वासिलो बन्ने उर्जा सबैलाई मिलोस् । रेडियो दिवसको शुभकामना !
(स्वास्थ्य बिटमा विशेष दख्खल राख्ने लेखक ढुंगाना चितवनको कालिका एफएममा कार्यरत छन् ।)

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका