होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
शुक्रबार, फाल्गुन २१, २०७७
शुक्रबार, फाल्गुन २१, २०७७
  • होमपेज
  • युद्धकालका अर्बौं रकम कहाँ गए, हिसाबकिताब हुन्छः रायमाझी

युद्धकालका अर्बौं रकम कहाँ गए, हिसाबकिताब हुन्छः रायमाझी

बुटवल,फागुन १-

नेकपा स्थायी कमिटि सदस्य तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले युद्धकालका अर्बौ रकमको हिसाबकिताब गर्ने समय आएको बताएका छन्। बुटवलमा पूर्वजनमुक्ति सेना नेपालको राष्ट्रिय भेलामा बोल्दै उनले ती लगायत युद्धकालका धेरै विषयको हिसाबकिताब हुने बताए।  १९ हजारको नाम राखेर ३४ हजारको नाममा ल्याएको पैसा कहाँ गयो ? उनले भने-हामी अहिले वैचारिक र राजनीतिक संघर्षका क्रममा छौ, तर सोध्नुपर्ने बेला आएको छ, १९ अर्ब कहाँ गयो, प्रचण्डले जवाफ दिनुपर्छ।

उनले प्रचण्ड र माधव नेपालले आन्दोलनको नाममा सडकमा उटपट्याङ गरिरहेको टिप्पणी गरे। पार्टीको नेता भएर विवाद मिलाउने हो कि सडकमा जाने हो ? पार्टीभित्रै मिलाउनुपर्दैन, उनले भने-उहाहरू विकास र समृद्धिको नेतृत्व गर्न छाडेर पद, शक्तिका लागि सडकमा जानुभो, साथीहरूले बाटो बिराउनुभएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका