जोडिनुहोस
  • होमपेज
  • मनोज विश्वकर्माको ‘उत्खनन्’

मनोज विश्वकर्माको ‘उत्खनन्’

चितवन, फागुन १ –

(पृष्ठभूमि)
तिमी कुनै शिलालेख
त्यहाँ कुँदिएको म कुनै आदिम भाषा

तिमी कुनै भग्न दरबार
त्यही नष्ट भएको म कुनै लोक कथा
यो कविता त्यही ह्यामर हो
जसले ठोकेर हटाईन्छ शिलालेखका अक्षरलाई छोपेको माटो

यो कविता त्यही साबेल हो
जसले उत्खनन गर्छ ईतिहासको एउटा गुमनाम कथा

कथा – १
तिमीलाई नदेख्दा
यसरी पागल हुन्थेँ लाग्थ्यो मैले उहिल्यै आत्मदाह गरिसकेँ

नबोलेको पल तिमीसँग
पागलपनको त्यो सिमा पनि नाघेर दगुर्थे

तिमीले बोलेका शब्दहरू बालेर
सिङगो हिँउद काटेको छु

तिम्रा कोमल शब्दहरू जम्मा गरेर
गुन्गुनाउदै छिचोलेको छु निर्जन यात्रा

तिमी हर यात्रा हर मोडमा थियौ
त्यो उकालो हौ तिमी

जहाँ मेरो फोक्सोहरू तिब्र भईरहेका हुन्छन्
त्यो ओराली हौ तिमी

जहाँ मेरो चार हातपाउ सुस्ताउछन्
चरा झै उड्दा म

मेरो आकाश तिमी हुन्थेउ
रूख झै उभ्भिदा म
मेरो जमिन तिमी हुन्थेउ

तिमीसँग छुट्टिएर पुन भेट्दा
सारा पृथ्वी नै डुलेर सक्किएँ झै लाग्छ !
तिमीलाई छुँदा मात्र पनि
सम्पूर्ण बिकार गायब भएँ झै लाग्छ !

कथा -२
तिमीलाई कल्पेर
महसुस गरेको छु संसारका सारा बियोगान्त काव्यहरू
एउटा आगो तिम्रो राज्यमा सल्किन्थ्यो
एउटा आत्मा मभित्र जल्थ्यो

तिमी कुनै आदिवासी दरबार
मेरो प्रेम तिम्रो पिताको नाकलाई

कुनै तानाशाहको तरबारबाट जोगाउन नसकेको अभियुक्त
तिमी कुनै बलात्कृत ईतिहास

मेरो प्रेम त्यही हातखुट्टा बाँधिएको साक्षी
उभिएर अग्लो डाँडामा तिमीले
झ्वाम्म हामफाले पछि
बनेको थियो एउटा उपत्यका

(अन्त्यमा)
हामीले सङ्गै उपत्यका खन्यौ
र नदि निकाल्यौ
त्यहि चोपल्यौ आफ्ना गोडाहरू
त्यही बगायौ आफ्ना बगरहरू

बागमतिमै बग्यो आदिवासी अनुहार
तर ठडियो पशुपतिमा साढेँ
जब जब त्यो साढेँ शासकको टाउकोमा कुद्छ
यो कथा सुनाई दिनु उसलाई

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका