होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफीः चितवनको सान्त्वना जित

प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफीः चितवनको सान्त्वना जित

चितवन, माघ ३०–

भरतपुरमा जारी १७औं संस्करणको ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफी–२०७७ मा चितवन क्रिकेट क्लवले सान्त्वना जित हात पारेको छ ।

बिहीबार पहिलो खेलमा पराजित भएसंगै फाइनल पुग्नबाट बञ्चित भएको चितवन क्रिकेट क्लवले शुक्रबार सान्त्वना जित हात पारेको हो ।
धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाईमा रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा आज (शुक्रबार) भएको खेलमा चितवन क्रिकेट क्लवले बेलचोक क्रिकेट कलवलाई २४० रनको फराकिलो अन्तरले पराजित ग¥यो ।

चितवन क्रिकेट क्लवले दिएको ३५२ रनको लक्ष्य पछ्याएको बेलचोक २७.२ ओभरमा १११ रनमा अलआउट हुन पुग्यो । बेलचोकका लागि राजकुमार शाहले २०, अविनाशले १८ रन बनाए ।

चितवन क्रिकेट क्लवका लागि आशिष लम्सालले १० ओभरमा ४७ रन खर्चिदै ४, राशिद खान र सुजन भट्टले समान २ विकेट लिए ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको चितवन क्रिकेट क्लवले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३५१ रन बनाएको थियो । जारी प्रतियोगितामा यो सर्वाधिक रन हो । उसका लागि अनिल शाहले १०३ बलमा १५४ रन, खिम मल्लले ५३ र अशोक पौडेलले ४१ रन बनाए ।
बेलचोकका लागि गौतम केसीले ३ र जेनिस महतले २ विकेट लिए । आज शतक प्रहार गरेका अनिल शाह म्यान अफदि म्याच घोषित भए । आजको खेलमा विजयी भएपनि चितवन क्रिकेट क्लव प्रतियोगिताबाट बाहिरिएको छ ।

समूह ‘ए’ मा रहेको चितवनले एक खेलमा जित र एक खेलमा हाल व्यहोर्दै अंकतालिकामा दोस्रो स्थानमा रहँदै प्रतियोगितामा यात्रा टुंगाएको हो । बेलचोक भने दुवै खेलमा पराजित हुँदै अंकतालिकामा पुछारमा रहँदै यात्रा टुंगाएको छ । यस समूहबाट शतप्रतिशत जित निकाल्दै मुनस्टोन क्रिकेट क्लव फाइनलमा प्रवेश गरि सकेको छ ।

चितवन क्रिकेट संघको आयोजनामा जारी १७औं संस्करणको ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफी–२०७७’ फागुन ३ गतेसम्म चल्ने छ ।

प्रतियोगिताको विजेताले २० हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ पुरस्कार पाउने छ । यस्तै म्यान अफ दि म्याच, म्यान अफ दि सिरिज, बेस्ट बलर र बेस्ट ब्याट्सम्यान पुरस्कार प्रदान गरिनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका