
भरतपुर
चितवनमा प्रचण्ड-माधव समूहका कार्यकर्ताद्धारा मलामी बोकेको बस तोडफोड, किरियापुत्री घाईते
0 टिप्पणी



चितवन,माघ २२-
नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै किरिया पुत्री बोकेको तोडफोड गरिएको छ । देवघाटबाट आज बिहीबार भरतपुर तर्फ आउँदै गरेको बसमा प्रदर्शनकारीहरुले तोडफोड गरेका हुन् ।
प्रदर्शनकारीले देवघाटमा अन्त्येष्टि कर्म सकेर जगतपुर जान आउँदै गरेको ना ४ ख ३७३१ नम्बरको बसमाथि आँपटारीमा तोडफोड गरेका हुन । किरायापुत्री लिएर फर्किदै गरेको बसमा तोडफोड गर्दा किरियापुत्री सन्तबहादुर विक घाइते हुनु भएको भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार घाईते विकको भरतपुरमा अस्पतालमा उपचार भएको छ ।
फाइल तस्विर