जोडिनुहोस
  • होमपेज
  • नेपाल बन्दको दिन काठमाडौँमा ओली समूहको मार्चपास

नेपाल बन्दको दिन काठमाडौँमा ओली समूहको मार्चपास

काठमाडौँ, माघ २२ –

प्रधानमन्त्री केपी ओली समूहले राजधानीमा मार्चपास सुरु गरेको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आमहडताल गरेकै दिन यो समूहले राजधानीमा मार्चपास गरेको हो। ओली समूहले भोली माघ २३ गते राजधानीमा जनसभा गर्दैछ।

नेपाल बन्द होइन बन्दैछ, केपी ओली आइ लभ यू, अघि बढ केपी बा, आज होइन भोलिलाई १० वर्ष ओलीलाई, केपी ओली जिन्दावादु लगायतका नारा लगाउँदै ओली समूह मार्चपासमा उत्रिएको हो।

पुस ५ गते मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई खेला भएको छ। एउटा समूहको नेतृत्व प्रचण्ड-नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री केपी ओलीले गरेका छन्।

प्रधानमन्त्री ओलीको असंवैधानिक कदम भन्दै प्रचण्ड९नेपाल समूह सडक संघर्षमा छ भने यता ओली समूह पनि विभिन्न जनसभाका कार्यक्रम गर्दै आएको छ। मार्चपासको नेतृत्व नेता महेश बस्नेतले गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका