
प्रदेश २
जनकपुरमा बन्द गराउँदै हिडेका पूर्व मन्त्री झाको टाउकोमा प्रहरीको लाठी, प्रहरीसंग झडप
0 टिप्पणी



जनकपुर,माघ २२ –
प्रचण्ड माधव नेतृत्वको नेकपाले आम हड्ताल गर्नेक्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रदर्शनका क्रममा जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो । झडपका क्रममा दाहाल(नेकपा पक्षका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका छन् । त्यस्तै स्थायी कमिटी सदस्य मातृका यादव पनि प्रहरीले प्रहार गरेको अश्रुग्यासको सेल लागेर घाइते भएका छन् । त्यस्तै कारी यादव र प्रदीप साह पनि घाइते भएको नेकपाले जनाएको छ ।
नेता झाको टाउकोमा चोट लागेको छ । झडपका क्रममा केही गाडीमा समेत तोडफोडसमेत भएको छ ।