जोडिनुहोस
  • होमपेज
  • खैरहनीमा कुष्ठरोग दिवस मनाईयो, ४ जना बिरामीको उपचार हुँदै

खैरहनीमा कुष्ठरोग दिवस मनाईयो, ४ जना बिरामीको उपचार हुँदै

चितवन, माघ १८–

चितवनको खैरहनीमा ४ जना कुष्ठरोगीको उपचार भईरहेको छ । यसवर्ष ती संख्याका बिरामीको उपचार भईरहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

६८ औं विश्व कुष्ठरोग दिवसको अवसरमा आईतबार आयोजित अन्र्तक्रिया कार्यक्रममा यस नगरपालिकामा ४ जना कुष्ठरोगी रहेको र उनीहरुको उपचार भईरहेको स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत अनुप अधिकारीले बताए । दिवस मनाउन आयोजित अन्र्तक्रियामा स्वास्थ्य शाखा प्रमुख अधिकारीले अझै पनि कुष्ठरोगी प्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेकाले उनीहरुको पहिचान गोप्य राखी उपचार भईरहेको बताए । अधिकारीका अनुसार यस्ता रोगमा भेद्भाव अझै पनि कायम रहेकाले अन्य जिल्लामा पुगेर औषधी खाने गरेका छन् । कुष्ठरोगको समयमै पहिचान गरेर उपचार गरे १ वर्ष भित्र निको हुन्छ ।

खैरहनीमा हालसम्म ५० जना कुष्ठरोगीको उपचार भई निको भइसकेको स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताए । ती मध्ये २१ जनाले खैरहनी प्राथमिक स्वास्थ्य केन्द्रबाटै उपचार गराएका छन् । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख अधिकारीले कुष्ठरोग, लक्षण, उपचार पद्धती,रोगको अवस्थाका बारे प्रस्तुतीकरण गरेका थिए । सो अवसरमा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले कुष्ठरोग मुक्त नगरपालिका बनाउन सबैको हातेमालो आवश्यक रहेको बताए ।

रोग लाग्नु कुनै अपराध नभएकाले लाज मान्ने, लुकाउने काम गर्न नहुने उनको भनाई थियो । सरकारले सन् २००९ मा कुष्ठरोग निवारण भएको घोषणा गरे पनि हाल १ लाखमा ८ जनामा कुष्ठरोगी रहेका छन् । यस रोगको पूर्ण उपचार गरे १ हजार रुपैयाँ यातायात खर्चको समेत व्यवस्था गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका