जोडिनुहोस
  • होमपेज
  • चितवनको बाह्रघरेमा आयुष आयुर्वेदा हस्पिटलको स्वास्थ्य शिविर, ४२९ जना लाभान्वित

चितवनको बाह्रघरेमा आयुष आयुर्वेदा हस्पिटलको स्वास्थ्य शिविर, ४२९ जना लाभान्वित

चितवन, माघ १६ –
भरतपुर महानगरपालिका ५ बाह्रघरेमा भएको स्वास्थ्य शिविरमा ४२९ जनाले स्वास्थ्य सेवा लिएका छन् । आयुष आयुर्वेदा हस्पिटल प्रालिले श्री माविको प्राङ्गणमा आज शुक्रबार बिहान १० बजेदेखि ३ बजेसम्म स्वास्थ्य शिविर गरेको थियो । शिविरमा ४२९ जनाले सेवा लिएको हस्पिटलका प्रमुख अब्दुल रहमान मियाले जानकारी दिए ।

शिविरमा निःशुल्क मधुमेह जाँच, हाडजोर्नी नसा, वाथ तथा पेटरोग सम्बन्धी उपचार गरी निःशुल्क औषधी वितरण गरिएको थियो ।  शिविरमा ४ जना चिकित्सकले उपचार सेवा दिएका थिए ।

मियाका अनुसार शिविरमा ८० प्रतिशतभन्दा बढी महिला थिए जसमा ५० प्रतिशत महिला पाठेघर सम्बन्धी समस्या लिएर आउने थिए । स्वास्थ्य शिविरमा आएका सबैमा केही न केही समस्या देखिएकोले सबैलाई निःशुल्क औषधी वितरण गरिएको मियाले जनाए ।

आजबाट माघ २२ गतेसम्म एक हप्ते निःशुल्क योग प्रशिक्षण कार्यक्रम गरिने मियाले जानकारी दिए । उक्त कार्यक्रम श्री माविमै बिहान ७ बजेदेखि ९ बजेसम्म सञ्चालन गरिने उनको भनाइ छ ।

भरतपुर– ४ धर्मचोक, लंकूमा रहेको हस्पिटलले सुविधासम्पन्न अत्याधुनिक उपकरणद्वारा प्राकृतिक तथा आयुर्वेदिक पद्दतीबाट उपचार तथा परामर्श सेवा उपलब्ध गराउँदै आएको छ । समयसमयमा हस्पिटलले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी सामाजिक उत्तरदायित्व बहन गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका