



काठमाडौं, माघ १४-
नेपालमा पछिल्लो २४ घण्टामा थप तीन जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।
यो सँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०२० पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म दुई लाख ६५ हजार ६९ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । यसअघि मंगलबारसम्मको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख ६४ हजार ८२३ रहेको थियो ।