



चितवन, माघ १३-
चितवनमा १५ दिने निःशुल्क ड्राइभिङ तालिम आजबाट सुरु भएको छ ।
भरतपुर महानगरपालिका वडा नं २ को आयोजनामा र गल्फ मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर मिल्स एरिया, क्षेत्रपुरको समन्वयमा तालिम सुरु भएको हो । आज उद्घाटन गरिएको तालिम भोलिदेखि औपचारिकरुपमा प्रारम्भ हुनेछ ।
तालिमको औपचारिक उद्घाटन भरतपुर महानगरपालिका वडा नं २ का वडा अध्यक्ष पूर्णबहादुर श्रेष्ठले गरेका हुन् । तालिममा वडा भित्र रहेका २० वटा टोल विकास संस्थाबाट २३ जना प्रशिक्षार्थीहरूले प्रत्यक्ष लाभ लिनेछन् ।