जोडिनुहोस
  • होमपेज
  • चितवनमा आजदेखि कोरोना विरुद्धको खोप लगाइँदै, तीन स्थानका फ्रन्टलाइनरलाई खोप लगाइने

चितवनमा आजदेखि कोरोना विरुद्धको खोप लगाइँदै, तीन स्थानका फ्रन्टलाइनरलाई खोप लगाइने

चितवन, माघ १४–

चितवनमा आज (बुधबार)देखि कोरोना भाइरस विरुद्धको खोप लगाइँदै छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दीपकबाबु तिवारीका अनुसार विहान १०ः३० बजेदेखि खोप लगाइँदै छ । जिल्लाका तीन स्थान भरतपुर अस्पताल, टाँडीको रत्ननगर–बकुलहर अस्पताल र माडीको बघौडा अस्पतालमा खोप लगाइँदै छ ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, शब व्यवस्थापक गर्ने टोली, महिला स्वयम्सेविका, फोहोर व्यवस्थापक, एम्बुलेन्स चालकलाई कोरोना विरुद्धको खोप लगाइने तिवारीले जानकारी दिए । तिवारीका अनुसार दोस्रो चरणमा आएको खोप मात्रै सर्वसाधारणमाझ पुर्‍याइनेछ ।

एक समय चितवन कोरोनाको हटस्पट जस्तै बनेको थियो । चितवन दैनिक पाँच सय भन्दा सक्रिय कोरोना संक्रमितको जिल्लामा परेको थियो । अहिले भने जिल्लामा संक्रमितको संख्या घट्दो छ । कोरोना संक्रमणबाट चितवनका १०४ जनाको मृत्यु भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका