जोडिनुहोस
  • होमपेज
  • नेपालमा थप ३०३ जना कोरोना संक्रमित, ६ जनाको मृत्यु

नेपालमा थप ३०३ जना कोरोना संक्रमित, ६ जनाको मृत्यु

काठमाडौँ, माघ १३-

नेपालमा पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या दुई लाख ७० हजार ९२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या तीन हजार २५२ रहेको छ । यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ थियो ।

पछिल्लो २४ घण्टामा थप २८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म दुई लाख ६४ हजार ८२३ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो।

यसअघि सोमबारसम्मको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख ६४ हजार ५३८ रहेको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०१७ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका