होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • राजा वीरेन्द्र र रानी ऐश्वर्यको स्मरणमा भरतपुरमा ‘राजारानी’ रेष्टुरेन्ट सञ्चालनमा

राजा वीरेन्द्र र रानी ऐश्वर्यको स्मरणमा भरतपुरमा ‘राजारानी’ रेष्टुरेन्ट सञ्चालनमा

चितवन, माघ १२-

स्वर्गीय राजा वीरेन्द्रवीर विक्रम शाह र रानी ऐश्वर्य राज्यलक्ष्मी शाहको आकृति बनाएर भरतपुरमा राजारानी रेष्टुरेन्ट सञ्चालन गरिएको छ ।

भरतपुर महानगरपालिका–१० सिनर्जी रोडमा प्रभा अधिकारी र चन्द्रविलास अधिकारीले रेष्टुरेन्ट चलाइरहेका छन् । ‘म १२ वर्षको उमेरमा राजा वीरेन्द्रको वंश नाश गरिएको घटनाले मलाई निकै दुःखी बनाएको थियो । अहिले उनैको सम्झनामा राजारानी होटल खोलेको हुँ’ चन्द्रविलासले भने ।

रेष्टुरेन्टको भित्तामा राजारानीको आकर्षक आकृति कोरिएको छ । ५० हजारको लागतमा राजारानीको आकृति बनाएको चन्द्रविलासले बताए ।१४  धुर जग्गामा फैलिएको रेष्टुरेन्टमा एकैपटक ५० जनालाई सेवा दिन सकिने चन्द्रविलासले जानकारी दिए । भाडामा जग्गा लिएर भवन निर्माण गरी रेष्टुरेण्ट सञ्चालनमा ल्याइएको उनी बताउँछन् । रेष्टुरेन्ट निर्माणमा ३५ लाख रुपैयाँ खर्च भएको अधिकारीले बताए । रेष्टुरेन्टमा खाना र खाजाका विभिन्न परिकारहरु पाइन्छ । पोलेको मासु पनि खान पाइने अधिकारीले बताए । रेष्टुरेन्टमा वर्थडे पार्टी पनि गर्न सकिने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका