जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री कपः नेपाल पुलिस सेमिफाइनलमा प्रवेश

प्रधानमन्त्री कपः नेपाल पुलिस सेमिफाइनलमा प्रवेश

काठमाडौं, १२ माघ–

‘समूह बी’ को उपविजेता बन्दै नेपाल पुलिस क्लव काठमाडौंमा जारी प्रधानमन्त्री (पीएम) कप पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । साविक विजेता पुलिस यसपटक पहिलो खेलमै पराजित भएपछि कठिन अवस्थामा सेमिफाइनल पुग्न बाध्य भएको हो ।

समहू बी अन्तर्गत आज (सोमबार) मुलपानी मैदानमा सोमबार भएको अन्तिम खेलमा पुलिसले प्रदेश २ लाई ४ विकेटले पराजित गर्दै समूह उपविजेताको रुपमा अन्तिम चारमा स्थान बनाएको हो । समूह बी मा ४ खेलबाट पुलिसले ६ अंक जोड्यो ।

अपराजित बागमती ७ अंक जोड्दै समूह विजेताको रुपमा सेमिफाइनल पुगिसकेको छ । उता प्रदेश २ भने समूहको चार वटै खेल हार्दै बाहिरिएको छ ।
मैदान भिजेका कारण ४७ ओभरमा छोट्याइएको खेलमा प्रदेश २ ले पुलिसलाई १७० रनको लक्ष्य दिएको थियो ।

जवाफमा पुलिसले ३८ ओभर खेल्दै ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

पुलिसका लागि अनिल शाहले अविजित रहँदै सर्वाधिक ४७ रन बनाए ।  प्रदेश २ का लागि विवेक यादव र कुमार थापाले ३–३ विकेट लिए ।
त्यसअघि प्रदेश २ का लागि हरिशंकर शाहले सर्वाधिक ५३ रन बनाएका थिए ।

पुलिसका लागि ललित राजवंशीले ८ ओभरमा १ मेडन राख्दै ३७ रन खर्चेर ४ विकेट लिए । यस्तै सागर ढकालले १० ओभरमा ३ मेडन राख्दै ३६ रन खर्चेर २ विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका