जोडिनुहोस
  • होमपेज
  • भरतपुरमा अनेरास्ववियुको अगुवा विद्यार्थी भेला

भरतपुरमा अनेरास्ववियुको अगुवा विद्यार्थी भेला

चितवन, माघ १२-

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूह निकट अनेरास्ववियूले आज जिल्लास्तरीय अगुवा विद्यार्थी भेला गरेको छ । देशको समसामयिक राजनीतिक परिस्थितिको बारेमा विद्यार्थीहरुलाई प्रशिक्षित गर्न पार्टीका केन्द्रीय नेताहरुको सहभागितामा सो भेला गरिएको हो ।

अनेरास्ववियू चितवनका संयोजक प्रकाश आचार्यको अध्यक्षतामा भएको भेलाले माघ १७ गते चितवनमा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने आमसभालाई सफल बनाउन एक हजार एक सदस्यीय स्वयंसेवक कमिटी गठन गरेको छ । सभामा चितवनका ३० भन्दा बढी क्याम्पसबाट धेरैभन्दा धेरै विद्यार्थी सहभागी गराउन भेलाले निर्देशन दिएको छ । त्यसैगरी भेलाले चितवन जिल्लामा रहेका केन्द्रीय सदस्यहरुलाई क्याम्पस र पालिकाको समन्वयमा संगठन विस्तार गर्ने गरी जिम्मेवारी पनि तोकेको अनेरास्ववियू चितवनका संयोजक प्रकाश आचार्यले नारायणी अनलाइनलाई जानकारी दिए । उक्त सभा सम्पन्न भएपछि अनेरास्ववियू जिल्ला कमिटी घोषणा गर्ने गरी संगठनको बैठक र भेला भइरहेको संयोजक आचार्यले बताए ।

भेलामा नेकपा केन्द्रीय सदस्यहरु पार्वती रावल, पुरुषोत्तम न्यौपाने, सुनिता अधिकारी, अनेरास्ववियू केन्द्रीय कार्यालय सदस्य निशा अधिकारी, अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य देवप्रकाश पाठक र अनेरास्ववियुका पूर्वकेन्द्रीय सदस्य ऋषि रेग्मीले सम्बोधन गरेका थिए । भेलाले चितवनका अनेरास्ववियू समर्थकहरुलाई एकताबद्ध गर्दै भावी कार्यक्रमहरु सञ्चालन गर्न प्रेरणा मिलेको अनेरास्ववियू सप्तगण्डकी बहुमुखी क्याम्पसका अध्यक्ष हरि आचार्यले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका