होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • खैरहनी उवासंघमा तात्यो चुनावी माहोल, क–कसले दिए उम्मेद्वारी (नामावलीसहित)

खैरहनी उवासंघमा तात्यो चुनावी माहोल, क–कसले दिए उम्मेद्वारी (नामावलीसहित)

चितवन, माघ ११–

पूर्वी चितवनस्थित उद्योग वाणिज्य संघ खैरहनीको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । जसअन्तरगत आज (आईतबार) उम्मेद्वारहरुको मनोनयन पत्र दर्ता गरिएको छ । विहानसम्म सहमतीको प्रयास गरिएपनि असफल भएपछि नयाँ नेतृत्व निर्वाचनबाटै हुने पक्का भएको उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्रप्रसाद सापकोटाले जानकारी दिए ।

आगामी कार्यकालका लागि सत्तारुढ नेकपा र नेपाली काँग्रेस निकट उद्योगी व्यवसायीहरुले प्यानल बनाएर मनोनयन दर्ता गराएका छन् । नेकपा निकट व्यवसायीको तर्फबाट अध्यक्षमा शेषकुमारी ओली र नेपाली काँग्रेस निकट व्यवसायीहरुको तर्फबाट दिपेन श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचनले अध्यक्ष र एसोसिएट उपाध्यक्ष प्रत्यक्ष रुपमा चयन गर्ने व्यवस्था रहेपनि बाँकी पदाधिकारीका लागि निर्वाचित सदस्यबाट मनोनयन गर्ने संघको प्रावधान छ । एसोसिएट उपाध्यक्षमा भने नेपाली काँग्रेस निकट व्यवसायी शिवप्रसाद उप्रेती निर्विरोध निर्वाचित भएका छन् । नेकपा निकट व्यवसायी बुद्धिराज डल्लाकोटीले उम्मेदवारी फिर्ता लिएपछि उप्रेती एसोसिएट उपाध्यक्षमा निर्विरोध भएका हुन् ।

नेकपा निकट व्यवसायीको प्यालनबाट वाणिज्यतर्फ सदस्यमा अर्जुन लम्साल, विनोद नेपाल, लक्ष्मण निरौला, प्रेमनारायण जोशी, प्रेमबहादुर विक, अजय कुमार रावल, दुर्गा घिमिरे र तिलकमणी पाठकले उम्मेदवारी दर्ता गराएका छन् । सोही प्यानलबाट उद्योग सदस्यमा रामेश्वर पोखरेल, चिरञ्जिवी अर्याल, नविनकुमार श्रेष्ठ, अम्मरराज उप्रेती, लालमणि कुँवर, रामशरण कार्की र रामकृष्ण चौधरीको उम्मेदवारी परेको छ ।

नेपाली काँग्रेस निकट व्यवसायीको प्यानलबाट उद्योग बाणिज्य सदस्यमा कुमार खनाल, केदारनाथ बर्तौला, विनोद अर्याल, अनिल श्रेष्ठ, विक्रम खड्का, प्रशान्त अधिकारी, रामेश्वर प्रसाद चौधरी, रामचन्द्र विश्वकर्मा र क्षेत्रबहादुर रावलको उम्मेद्वारी परेको छ । सोही प्यानलबाट उद्योग सदस्यमा किरण बुर्लाकोटी, अनुप अधिकारी, शंकर कडेंल, कृष्णबहादुर श्रेष्ठ, जगतबहादुर पाण्डे र विक्रम चौधरीले उम्मेदवारी दिएका छन् । संघको वार्षिक साधारण सभा तथा अधिवेशन यही माघ १८ र १९ गते हुँदैछ । निर्वाचनमा १ हजार ३४० जना उद्योगी तथा व्यवसायीहरुले मताधिकार प्रयोग गर्न पाउने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका